चावहिलको मनास्लु कलेजमा विज्ञान संकायमा ३० जनालाई निःशुल्क छात्रवृत्ति

काठमाडौं । चावहिलको चुच्चेपाटीमा रहेको मनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । कलेजका प्रिन्सिपल राजन श्रेष्ठले सामुदायिक विद्यालयका १५ र संस्थागत विद्यालयका १५ गरी ३० जना योग्य र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने स्पष्ट पारेका छन् ।

गत वर्षबाट सञ्चालित यो कलेजमा विज्ञानबाहेक व्यवस्थापन, मानविकी र कानुन संकायमा पनि भर्ना खुलेको छ ।

विज्ञानका अतिरिक्त यी तीन संकायमा पनि कलेजले आंशिक छात्रवृत्ति दिने भएको छ । अत्याधुनिक विज्ञान प्रयोगशाला, दक्ष शिक्षक, प्रभावकारी सिकाई र सिकाइमैत्री वातावरण भएको यो कलेजले विज्ञान विषयलाई एउटा छुट्टै ब्राण्ड बनाउने योजना अघि सारिएको प्रिन्सिपल श्रेष्ठले जनाएका छन् ।

‘पढ्न रहर भएका योग्य र सक्षम कोही पनि विद्यार्थी पढाइबाट बञ्चित हुनु नपरोस् भनेर यस्तो प्रभावकारी योजना ल्याएका हौं ’ प्रिन्सिपल श्रेष्ठले भने‘गत वर्ष पनि विद्यार्थीको रोजाइमा हाम्रो कलेज परेको थियो, यसपालि यसलाई झन् व्यवस्थित बनाएका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *