चितवनमा प्रचण्ड पछाडी

चितवन,२२ मंसिर- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विक्रम पाण्डले पछि पारेका छन् । सुरुवाती चरणमा अग्रता लिएका प्रचण्ड दोस्रो परिणाम अाउने बेलासम्म पछी परेका हुन् ।

चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनाको पछिल्लो परिणामअनुसार पाण्डले ४४७ भोट पाउँदा प्रचण्ड ३०२ मै सिमित भएका छन् । राप्रपा प्रजातान्त्रिककका नेता विक्रम पाण्डेले प्रचण्डलाई १४५ मतले पछि पारेका छन् ।

चितवनका तीन वटै निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ । देशभरमा माओवादी केन्द्रले राम्रो अग्रता लिइरहेको बेला चितवनमा भने अध्यक्ष नै पछी परेका छन् तर यो हजार मत पनि नगनेको अवस्थाको हो । नेकपा एमालेको साथ पाएका प्रचण्डलाई पाण्डेले सजिलै हराउन कठिन हुने नै देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *