चुनावको मुखैमा नेपाल प्रहरीका उच्च अधिकारीहरु सरुवा /बढुवा

काठमाडौं ६ मंसिर- चुनावको मुखैमा गृहमन्त्रालयको कार्यभार समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो प्रस्तावमा नेपाल प्रहरीका उच्च अधिकारीहरुको सरुवा गरिएको छ ।

बागलुङका प्रहरी प्रमुख फेरिएका छन् भने देउवाकै प्रस्तावमा मन्त्रीपरिषद् बैठकले २ प्रदेशका प्रहरी प्रमुख समेत सरुवा गरिएको छ । त्यस्तै, ५ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी मिङमार लामा र ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी बिजय भट्टलाई पनि सरुवा गरिएको छ । मिङमारलाई हेडक्वार्टर तानिएको छ भने,उनको ठाउँमा बुधबारै डिआइजीबाट आइएजीमा बढुवा भएका मधुप्रसाद पुडासैनीलाई पठाइएको छ ।

त्यसैगरी, ७ नम्बर प्रदेशको प्रहरी प्रमुखमा माधव नेपाललाई सरुवा गरिएको छ । नेपाल पनि बुधवारमात्रै एआइजी बढुवा भएका हुन् । बुधबारको मन्त्रीपरिषद बैठकले मधु पुडासैनी, माधव नेपाल, हेमन्त पाल र पंकज श्रेष्ठलाई डिआइजीबाट एआइजीमा बढुवा गरेको हो । प्रहरी हेडक्वार्टरले बागलुङ र नुवाकोटका प्रहरी प्रमुखलाई पनि सरुवा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *