चुनाव बहिस्कार गरेको राजपाको उम्मेदवार दर्ता

भैरहवा ४ असार- रुपन्देहीका तीन स्थानीय तहमा राजपा नेपालका नेताले उम्मेदवारी दर्ता गराएका छन् । राजपा नेपालले चुनाव बहिस्कार गरेपछि स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता भएको हो ।

राजपाका नेताहरुले सम्मरीमाई, कोटहीमाई र मर्चवारीमाईको सम्पुर्ण पदमा स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका हुन् । यो साविकको निर्वाचन क्षेत्र नम्बर ६ का गाउँपालिकाहरु हुन्, जसलाई राजपा नेता शर्वेन्द्रनाथ शुक्लाको पकड भएको क्षेत्र मानिन्छ ।

प्रत्येक गाउँपालिकाको ३७ वटै पदमा गरी ३ वटा गाउँपालिकामा १ सय ११ पदमा नेता शुक्लाका समर्थक कार्यकर्ताहरुले स्वतन्त्र उमेदवारको रुपमा मनोनयन दर्ता गराएको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *