जताभावी बाटो काट्ने पैदल यात्रिबाट ७ दिनमा १८ लाख राजश्व

काठमाडौं२३ जेठ- जथाभावी बाटो काट्ने पैदलयात्रु बाट काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले  एक सातामा १८ लाख भन्दा रुपैयाँ जरिवाना असुल गरेको छ । उपत्यकाका तीन जिल्लाबाट कारबाहीमा परेका १६ हजार नौ सय ८६ मध्ये नौ हजार दुई सय ४१ जनाबाट १८ लाख ४८ हजार दुई सय राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । बाँकी सात हजार सात सय ४५ जनाले जरिवाना नतिरेकाले प्रहरी नियन्त्रणमा राखी सडक सुरक्षासम्बन्धी कक्षा लिएपछि छाडिएको छ ।
कारवाही सुरु गरेपछि, नियम उल्लंघन गर्नेहरु ह्वात्तै घटेका छन् । महाशाखाका अनुसार नयाँ नियम लागू भएको सातौँ दिनमा जथाभावी बाटो काट्ने क्रम आधा घटेको छ । उपत्यकामा पैदलयात्रुको लापरबाहीका कारण सडक दुर्घटना बढी हुने गरेकाले यस्तो नियम लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

पैदलयात्रुको लापरबाहीका कारण उपत्यकामा ४२ प्रतिशत सडक दुर्घटनामा मृत्यु हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ । प्रहरीको अनुसार उपत्यकामा जेब्राक्रसिङ र आकाशेपुल भएको ठाउँमा नियम मिच्ने पैदलयात्रुलाई कारबाही गरिएको छ । आकाशेपुल र जेब्राक्रसिङ नभएको ठाउँमा पैदलयात्रुलाई सम्झाएर विनाकारबाही छाड्ने गरेको उनले बताए । उपत्यकामा २१ ठाउँमा मात्रै जेब्राक्रसिङ र २२ वटा आकाशेपुल रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *