जनकराज जोशी डा. बाबुराम भट्टराईको अवैतानिक सल्लाहकार

माघ १३ काठमाडौ,सांसद जनकराज जोशी नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको अवैतानिक सल्लाहकार नियुक्त भएका छन् । तर, आफू नयाँ शक्तिमा प्रवेश नगरेको सांसद जोशीले बताए ।

सांसद जोशीलाई संयोजक भट्टराईको अवैतानिक सल्लाहकार नियुक्त गरिएको नयाँ शक्तिले जनाएको छ । सांसद जोशीले भने, ‘उहाँ (बाबुराम)ले मलाई बेला-बेला सल्लाह दिनुपर्‍यो भन्नु भएको थियो,त्यही भएर सल्लाहकार भन्नु भएको होला । तर, यसलाई नयाँ शक्ति नेपाल पार्टी प्रवेश गरेको रुपमा नबुझ्न उनले आग्रह गरे ।

पूर्व प्रशासक जोशी माओवादीको सिफारिसमा मन्त्रिपरिषदबाट नियुक्त भएका २६ सांसदमा परेका थिए । तर, आफू माओवादी नभई स्वतन्त्र सांसदकै रुपमा तत्कालीन संविधानसभा र सांसदका रुपमा क्रियाशील रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *