जनक ताम्राकारको पहिलो गीत जुनकिरी बजारमा

धनु राई-ओखलढुंगा ३० जेठ- सञ्चारकर्मी जनक ताम्राकारको पहिलो गीत जुनकिरी बजारमा आएको छ । जनकको आफ्नै दाजु महेश ताम्राकारको शब्द तथा संगित रहेको मोर्डन गीत बजारमा आएको हो ।  बिगत ४ बर्षदेखी सञ्चार क्षेत्रमा सक्रिय ताम्राकारको जुनकिरीमा नेपाली र डोटेली भाषाको समिश्रण पाउन सकिन्छ ।

अहिले सांगीतिक बजारमा जुनकिरीको अडियो भर्सन ल्याएका ताम्राकारले केहि समयमै भिडियो भर्सन समेत सार्वजनिक गर्ने बताएका छन् । आफ्नो यो पहिलो सांगीतिक कोशेली भएको भएपनि यसले आम स्रोताको मन जित्ने विश्वास जनक ताम्राकारले गरेका छन् ।

यस गीतमा केहि फरक पन रहेकाले पनि स्रोताको मन जित्नेमा आफु निस्चिन्त रहेको ताम्राकारको विश्वास छ । यस गीतमा अहिले बजारमा आईरहेका गीतहरु भन्दा केहि फरक र मौलिक पन पाउन सकिने गायक तथा सञ्चारकर्मी जनकले बताए ।

डोटेली र नेपाली भाषाका शब्दहरु पाउन सकिने यस गीतमा टाईटल जुनकिरीको अर्थ मायाको संकेत रहेको बुझिन्छ । केहि समयपछि नै सार्वजनिक हुने यस गीतको भिडियोमा नायिका निता ढुंगाना,मोडल सनम कठायत र जनकको दाजु महेश ताम्राकारले अभिनय गरेका छन् । यस भिडियोको निर्देशन शसन कँडेलले गरेका छन् भने निमार्ता खिम मगर हुन् ।
ताम्राकार हाल ओखलढुंगा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएममा कार्यरत रहेका छन् । ताम्राकारको स्थाई घर नेपालको पश्चिमी क्षेत्र डडेलधुराको अमरगढि हो । उनि आमा लक्ष्मि ताम्राकार र बुबा तुलाराम ताम्राकारका साईला छोरा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *