जनविश्वास प्राथमिक विद्यालयको प्राङ्गनमा सरस्वती मन्दिरको उद्घाटन

माघ १८ उदयपुर,उदयपुर कटुञ्जे बवला १ मैनी स्थित श्री जनविश्वास प्राथमिक विद्यालयको प्राङ्गनमा सरस्वती मन्दिरको मंगलबार उद्घाटन गरिएको छ ।

जिल्ला शिक्षा अधिकारी लेखनाथ लुइँटेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा जिशिअद्वारा मन्दिरमा रहेको सरस्वतीको मुर्तिमा फुलमाला चढाई उद्घाटन गरिएको हो ।

कार्यक्रममा उदयपुर जिल्ला, विद्यालय निरीक्षक अर्जुन कुमार कार्की तथा नेपाल शिक्षक संगठन जिल्ला कमिटी उदयपुरका अध्यक्ष तिलक कटुवालको पनि उपस्तिथि रहेको थियो। स्थानीय अभिभावक,बुद्धिजीवी तथा वरपरका शिक्षा सम्बन्धि सरोकारवालाहरुको बाक्लो उपस्तिथिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर लामिछाने मगरले उपस्थित सम्पुर्ण अतिथि वर्गहरुलाई स्वागत गरेका थिए भने,विद्यालयका प्रधानाध्यापक टंक कुमार खतिवडाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

https://youtu.be/oW6ldA1xZVo

Leave a Reply

Your email address will not be published. Required fields are marked *