जनसम्पर्क समिति बेलायतको चौथो अधिवेशन सम्पन्न, ४७ सदस्यीय नयाँ कार्य समिति चयन

लन्डन ४ असोज नेपाली कांग्रेस जनसम्पर्क समिति बेलायतको चौथो अधिवेशन सम्पन्न भएको छ । बेलायतको हन्सोस्थित इम्पायर हलमा सम्पन्न कार्यक्रममा, नेपाली कांग्रेस जनसम्पर्क समिति बेलायतको चौंथो एकता अधिवेशनले युवराज गुरुङको सभापतित्वमा ४७ सदस्यीय नयां कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा, सुरेन्द्र पाण्डे, सांसद बहादुरसिंह थापालगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा, युवराज गुरुङ अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको हो ।

नयाँ कार्य समितिमा उपसभापति सुभास पोख्रेल,कोपिला सुब्बा,तर्कजंग गुरुङ,सुर्य नेवाङ्ग,महेश दाहाल, सुरज के सी,युबराज सिंह,आलेख चौहान रहेका छन् । यसैगरी महामन्त्रीहरुमा प्रवेश के सी,सुर्य तामाङ्ग (मनोनित ),केशब भण्डारी रहेका छन् ।

कोषाध्यक्षमा नोर्बु शेर्पा रहेका छन् भने, सह कोषाध्यक्षमा कुश बस्नेत (मनोनित ) भएका छन् ।

यसैगरी सह महामन्त्रीमा रितेशाराज पाण्डे,इन्द्रमान गुरुङ,इन्द्रहांग लिंग्देंन,रोमियन लिम्बु,रेशम बस्याल,राज सिटौला,महलाल घिमिरे,उपेन्द्र पौडेललाई चयन गरिएको छ ।

सदस्यहरुमा केशब गुरुङ,लाल कुमार सुब्बा,शन्तोष गुरुङ,संजय पन्त,शंकर श्रेष्ठ,भेष गुरुङ,इशा ताम्राकार,शशि गुरुङ,शान्ति लिम्बु,बिज्ञान प्रसाई,चेत नाथ खनाल,राज कुमार पाठक,बिकाश सापकोटा,मोति भण्डारी,खुशी लिम्बु,रबि चन्द्र उप्रेती,प्रमिला तिवारी , बिष्णु खरेललाई चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *