जर्मनीमा आज आमचुनाव हुँदै

काठमाण्डाै – युरोपियन देश जर्मनीमा आज आमचुनाव हुँदैछ । चान्सलरका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् । एङ्गेला मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन ल्यानसेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालिना बेरबोकबीच प्रतिस्पर्धा हुन लागेको हो ।

सन् २००५ देखि लगातार १६ वर्षसम्म शासन गरेकी ६७ वर्षीय मर्केलले यसअघि नै यो चुनावमा नलड्ने बताउनुभएको थियो । मर्केलको उत्तराधिकारी छान्ने भएकाले यो चुनावलाई निक्कै महत्त्वका साथ हेरिएको छ ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीका लागि यो चुनाव एक अर्को युगको सुरुवात हुने समाचार संस्था रोयटर्सले जनाएको छ । जर्मनीमा ६ करोडभन्दा बढी मतदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *