जापानमा नेपालीहरू बद्नामी बन्दैछन्: निर्देशक पौडेल

काठमाडौं ३० असार- ब्रेकेली हाउस के.के. जापानका निर्देशक राजनकुमार पौडेलले जापानमा नेपालीहरू बद्नामी बन्दै गरेकोमा चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै पौडेलले जापानमा पुगेर नेपालीहरूले त्यहाँको नियमविपरित कार्य गरेकोमा यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

नेपालमा बस्न गाह्रो भएको निहुँ बनाएर जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायत अन्य मुलुकमा जाने नेपालीहरूले त्यहाँको नियम नजानेको कारण दुःख पाउने गरेको उनको दाबी थियो ।

पौडेलले भने,‘नेपालमा बस्न गाह्रो भएको, माओवादी द्धन्द्धको कारण देखाएर अवैधानिक तरिकाले बसिरहेका छन्, जापानमा बसेर नेपालीहरूले लागुऔषध ओसारपोसारजस्ता कार्यमा संललग्न हुने जस्ता काम गरिरहेका छन, प्रत्येक नेपालीसँग नेपाल जोडिएको हुन्छ भन्ने कुरा बिर्सिनु हुँदैन ।

जापानमा १० हजार नेपालीहरुले पिआर लिएर बसेको जानकारी गराउदै पौडेलले भने,‘पिआर लिएर बसेका नेपाली र केही पत्रकारबाहेक अन्य व्यक्तिहरू जापानमा बसेर गलत धन्दा चलाईरहेका छन्, यस्ता कार्यले देशको बद्नाम हुन्छ, जापानमा अधिकांश बिधार्थीहरू जाने गरेका छन्, अबका दिनमा जापान जान र लिनको लागि असहज हुने देखिन्छ।’

उनले नेपाल सरकारले कुनैपनि देशमा आफ्ना नागरिकहरुलाई पठाउनुभन्दा पहिले तीन देशहरुको बारेमा ओरियण्टेशन, तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गराउनुपर्ने सुझाव दिए । पौडेलले थपे,‘अब नेपालीहरुलाई जापान वा अन्य देश पठाउनुभन्दा पहिले सम्बन्धित देशहरुको बारेमा यथेष्ट जानकारी दिनको लागि सरकारले विशेष तालिमको व्यवस्था गर्नुपर्छ।’

त्यस्तै उनले पछिल्लो समय नेपाल–जापान द्धिपक्षीय सम्बन्ध सुमधुर रहेको समेत विश्वास व्यक्त गरे । नेपालमा जापानी लगानी भित्रिने क्रमहरु जारी रहेको उल्लेख गर्दै पौडेलले भने,‘जापान औधोगिक मुलुक हो, जापानलाई रोजगारहरु चाहिएको छ, नेपालमा म्यानपावर छ।’ यद्धपी उनले जापानमा नेपालीहरु ठगीएको दुखान्त अनुभव सुनाए । उनले भने,‘नेपाली दलालहरु नेपालमा त हुन्छन् नै, तर जापानमा पनि त्यही सञ्जाल छ, नेपालीहरु ठगिने भनेको नै नेपालीहरुबाट नै हो, जापानी कम्पनीबाट ठगीमा पर्दैनन, तर नेपालीहरुको कम्पनीमा ठगिन्छन् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *