जिबिहाङ्ग राई र मेलिना राईको “बैशालु माया” सार्वजानिक

काठमाडौ- “बैशालु माया” बोलको लोक गीत सार्वजानिक भएको छ । अनन्त खालिङ्ग राईको शब्द रचनालाई गायक/संगीतकार जिबिहाङ्ग राईको संगीत रहेको उक्त गीतमा अहिलेकी चर्चित गायिका मेलिना राई र जिबिहाङ्ग राईकै स्वर रहेको छ ।

पछिल्लो समयमा सर्वाधिक चर्चित गायिका हुन् मेलिना राई भने गायक जिबिहाङ्ग राई पनि “झम्के माया” बोलको सर्वाधिक रुचाईएका गीत गाएर चर्चाको शिखरमा पुगेका छन् ।

यो गीतको लय संकलन भविन्द्र शाहीले गरेका हुन् भने,कृष्ण भक्त राईले एरेन्ज गरेका छन् ।

यो गीतको अहिले अडियो / फोटो भिडियो मात्रै बजारमा ल्याईएको छ । मनोज राईले सम्पादन गरेर बजारमा ल्याईएको फोटो भिडियोलाई चाडै म्युजिक भिडियो बनाएर सार्वजानिक गरिने बताईएको छ ।

यो गीतको फोटो भिडियो यहाँ हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *