जिम्बाबे सेनाको कब्जामा सरकारी संचार माध्यमहरु

जिम्बाबे – जिम्बाबेका सरकारी सेनाले सरकारी क्षेत्रबाट सञ्चालित रेडियो तथा टेलिभिजनलाई नियन्त्रणमा लिएका छन्। जिम्बाबेको राजधानी हरारे नजिकै बम विष्फोटनको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

विष्फोटबारे अनुसन्धान भइरहेको छ । जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेले उप राष्ट्रपतिलाई पदबाट बर्खास्त गरेपछि पछिल्लो समय जिम्बाबेमा राजनीतिक संकट देखा परेको हो।

राष्ट्रपति मुगाबेले जिम्बाबे सेनाको उक्त कदमलाई सैनिक कुको संज्ञा दिएका छन् । विगत केही दिन अगाडि मात्रै सरकारी सैनिक प्रमुखले जर्बजस्ती उपराष्ट्रपतिलाई पदबाट हटाइएको सरकारी कदम माथि सैनिक हस्तक्षेप गरिने चेतावनी दिए पश्चात् जिम्बाबेमा राजनीतिक संकट बढेको हो ।

सैनिक गतिविधिको निन्दा गर्दै राष्ट्रपतिले यसले राष्ट्रिय शान्ति स्थापनाको क्षेत्रका गम्भीर असर पार्नै बताएका छन् । नागरिक दैनिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *