जुन जोगि आएपनि कानै चिरेको भन्ने उक्ति अब म अन्त्य गर्छु :राम कुमार राई “पासाङ्ग”

ईन्द्र जिजीबिषा/ खोटाङ्ग २१ कात्तिक- बाम गठबन्धनको चुनावी प्रचार प्रसार खोटाङ्गमा तिब्र पारिएको छ । चुनाव प्रचार प्रसारकै क्रममा नेकपा माओवादी केन्द्रका उम्मेदवार राम कुमार राई “पासाङ्ग” ले “अब स्थिर सरकार हुने, प्रदेश सरकार संग नै धेरै अधिकारहरु हुने” बताएका छन् । “जुन जोगि आएपनि कानै चिरेको भन्ने उक्ति अब म अन्त्य गर्छु । हिजो खसेको मत भन्दा धेरै एक-अर्का गठबन्धनको उम्मेदवारलाई मतदान गरेर इमान्दारितामा प्रतिस्पर्धा गर्नुहोस । यो मेरो मात्र विजयको अभियान हैन , तपाईं जनसमूदायको जितको अभियान हो” चुनावी सभालाइ सम्बोधन गर्दै क. रामकूमर राई (पासाङ्ग ) ले भने ।

बाम गठबन्धन कोहि नेता विशेषले जित्नुको लागि मात्र नभएर , देशको निकास र विकासको लागि भएको हो । यो बाम गठबन्धन बर्षौदेखि मतदान गर्दै आइरहेका जनताहरुको विजयको सुरुवात हो । काग्रेसले आरोप लगाए जस्तो, कुनै तानाशाहको लागि हैन, तर कांग्रेसले लोकतन्त्रको नाममा छाडातन्त्रलाई पुर्णविराम लगाउनुको लागि अवश्य हो , यधपी बाम गठबन्धनलाई पार्टि एकता सम्मको अन्तिम रूप दिनु नै रहेको माओवादी नेता पृथ्बि किराँती (देवान)ले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *