जुम्लामा गोली सहितको एसएलआर र अन्य हातहतियार बरामद

पौष ११ जुम्ला, जुम्ला जिल्लाको गर्ज्याङकोट ८ ढाडखर्कस्थित जंगलमा लुकाइराखेको अवस्थामा गोली सहितको एसएलआर बरामद भएको छ ।
उक्त हातहतियार गर्ज्याङकोट ८ थामवाडा बस्ने २४ वर्षीय बेदनराज थापाले लुकाई छिपाई राखेको जनाइएको छ ।

प्रहरीका अनुसार एसएलआर २ थान, सोको गोली २७ थान, म्याग्जीन २ थान, अटोमेटिक पेस्तोल २ थान, रिवल्भर २ थान, सोको गोली ५ थान, कटुवा पेस्तोल २ थान, केप र फ्युज सहितको डेटोनेटर ७ थान भेटिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *