जोयालाइ लिन जिवन फिलपिन्स जाँदै

jiwan-joya१८ भदौ, काठमाडौं/ विभिन्न तर्क वितर्क र जोया-जिवनको खबरले मिडिया तातिरहेको बेला जिवन फिलिपिन्स जान चाहेको कुरा आफ्नो फेसबुक मार्फत सार्बजनिक गरेका छन् ।

जिवन संग सम्पर्क गरेर जान्न खोज्दा आफ्नो श्रीमति र दुई नानीहरुलाई लिन यही भदौ महिनाको २२/२३ मा जान लागेको बताए । त्यस्को लागि केही कागजपत्रहरु नेपालमै बनाइसकेको र उता गएर कोर्ट म्यारिज गरि बाँकी कागजपत्रहरु फिलिपिन्स मै बनाएर परिवार ल्याउन लागेको बताए ।

जोयाको चाँडो हामीलाई लिनु आउनुस् भन्ने आग्रह र आफुले पनि परिवार स्वदेश ल्याउनलाई लिन जान पाउँदा मन खुशी भएपनि आर्थिक संकट नै जिवनको लागि अहिले मुख्य तगारोको रुपमा रहेकोले सबै सहयोगी मनहरुलाई सहयोग गरिदिनको लागि जिवनले आग्रह गरेका छन्

source: dhankutakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *