टाउको मात्र बढ्ने समस्याबाट एक वर्षे बच्चा जीवन मरणको दोसाँधमा

चिसाङ्ग शेर्पा
कार्तिक २१ खोटाङ्ग, टाउको मात्र बढ्ने समस्याबाट खोटाङको च्यास्मीटार–४ फिर्कुका मिकुरमान राई र थुप्री राईको एक वर्षे बच्चा जीवन मरणको दोसाँधमा पुगेका छन् ।

२०७२ साल कार्तिकमा जन्मिएका बच्चाको एकोहोरो टाउको मात्र बढ्दै जाँदा राई परिवार चिन्तित बनेका हुन् । शरीर सुक्ने र टाउको फुक्ने समस्या देखिए पनि आर्थिक अभावमा हालसम्म बच्चालाई अस्पताल पु¥याउन नसकिएको मिकुरमानले बताउनुभयो । हाल ऐलानी जग्गामा बसोबास गर्दै आएका निम्न आर्थिक स्तरका राई परिवारको बच्चा जन्मिँदाको खुसी क्रमशः निराशामा बदलिँदो छ ।

अस्पताल लैजाने मन भए पनि आर्थिक अभावमा घरमै राख्न बाध्य बनेको परिवारको भनाई छ । बिहान बेलुकाको छाक टार्नै मुस्किल पर्ने भएका कारण राई परिवारले बच्चालाई उपचारकालागि अन्यत्र लैजान नसकेको आफन्त खिलाराज राईले बताउनुभयो । सुरुमा सामान्य अवस्थामा जन्मिएका बच्चाको चार महिनापछि टाउको मात्र बढ्न थालेको हो । हाल शरीरभन्दा टाउको तीन चार गुणा ठूलो भइसकेको छ ।

उपचारका नाममा उनीहरुले धामीझाँक्री लगाउन बाहेक केही गर्न सकेका छैनन् । बढ्दै गएको टाउको कोक्रोमै नअट्ने अवस्थामा पुगीसकेको छ । थिलथिलो अवस्थामा रहेको टाउँको हल्लिन पुग्दा बच्चा मुर्छा परेर रुने गरेको छ । राई दम्पत्ती दुबैको दोश्रो बिवाहपछि जन्मिएको पहिलो बच्चामा यस्तो समस्या देखिएको हो । मिकुरमान आफै पनि सुस्तमनोस्थितिका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *