ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक मृत्यु

कैलाली – ट्याक्टरले रोकिराखिएको मोटरसाइकललाई ठक्कर दिँदा कैलालीको बौनियामा मंगलबार विहान एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बर्दगोरीया गाउँपालीका–२ सडकपुर बौनियामा सडक किनारामा मोटरसाइकल रोकी मोबाइलमा कुराकानी गरी रहेका बौनियाका करे सार्की र दिनेश भण्डारीलाइ पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको से १ त ४४०९ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको हो।

ट्रयाक्टरको ठक्कर बाट मोटरसाइकलमा सवार करे सार्कीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ। भने दिनेश भण्डारीलाई सामान्य चोट लागेको छ।

ट्रयाक्टर चालक गोपाल विक र ट्याक्टरका मालिक प्रकाश विकलाई इलाका प्रहरी कार्यालय बौनियाले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *