ट्रक दुर्घटना हुदा १० जना घाइते

चितवन २४ जेठ – चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आज बिहान ट्रक दुर्घटना हुदा १० जना घाइते भएका छन् । चितवनको मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ८९ नं को सामान बोकेको ट्रक बिहान करिब ८ बजे दुर्घटना भएको हो ।
ट्रक आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो दुर्घटना भएको र अहिले घाइतेलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा परेकामध्ये ट्रक चालक पर्साका २८ वर्षीय विनोदकुमार शाहको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । इच्छाकामना गाउँपालिका ४ स्थित मनकामना केवलकारको द्वार नजिकै ट्रक दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *