डा.बाबुराम भट्टराईको दाबि, नेपालमा २५ बर्षभित्र विस्वकै नम्बर एक आर्थिक विकास

डडेल्धुरा २४ जेठ- नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वधप्रधानमन्त्री डा.बाबुराम भट्टराईले २५ वर्षभित्र देशको आर्थिक विकासलाई विश्वकै एक नम्वर बनाउने दाबी गरेका छन् । नेपाल प्रेस सोसइटी जिल्ला शाखा डडेल्धुराद्वारा सदरमुकाममा मंगलबार आयोजित कार्यक्रममा आफुले नयाँ र वैकल्पिक राजनीतिको सुरुवात गरेको बताएका छन् ।

विभिन्न पृष्ठभूमिका व्यक्तिहरु सहभागी भएर नयाँशक्ति अगाडी बढेको बताउँदै संविधानसभाबाट संविधान जारी भएपछि नेपाललाई विकास र समृद्धिमा अगाडि बढाउनका लागि आफ्नो नेतृत्वमा नयाँ शक्ति पार्टीको स्थापना गरेको उनले जिकिर गरे । उनले भने, ‘हिजोको निरन्तरतामा हिँडेर मात्र हामी कहीँ पुग्दैनौँ । विकास समृद्धि भनेको मात्रात्मक भन्दा गुणात्मक हुनु आवश्यक रहेको छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले वर्तमान सरकारले राजनीतिक अभिष्ट पुरा गर्न अदालतलाई ध्वस्त पार्नुका साथै निर्वाचन आयोगलाई समेत पंगु बनाएको आरोप समेत लगाए । देशमा राजनीतिक स्थिरता नहुँदा विकास हुन नसकेको आरोप समेत लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *