मेलिना राई र डिआर अटुको “जब साँझ पर्दै गयो” भिडियो सहित)

काठमाडौ ४ भदौ- अहिलेका चर्चित संगीतकार डिआर अटुको संगीतमा फेरि अर्को गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अहिलेकी अति व्यस्त गायिका मेलिना राईको स्वरमा रहेको “जब साँझ पर्दै गयो” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । पूर्वेली गाउँलेको शब्द रचना रहेको उक्त गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।

यो गीतको म्युजिक भिडियोमा पुरु भण्डारी, अनिता खत्री र डिपी शर्माले अभिनय गरेका छन् भने, असिस्टेन छायाँकन रघु शर्माले गरेका हुन् । कृष्ण राईले यो गीतको म्युजिक भिडियोलाई निर्देशन गरेका छन् ।

यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *