डिआर अटुको संगीत र स्वरुपराज आचार्यको स्वरमा “म त हारेको मान्छे….” बोलको गीत सार्वजनिक

काठमाडौ १० कातिक- गायक स्वरुपराज आचार्यको स्वरमा सजिएको “म त हारेको मान्छे….” बोलको नेपाली आधुनीक गीत रिलिज भएको छ। जीवनको उतार चढाव प्रेम वियोग जीवन यात्रालाई समावेस गरिएको यो गीतलाई उत्तम खजुमले कोरेका हुन्। अहिलेका चर्चित संगीतकार डि आर अटुले संगीत बद्द गरेका छन् भने राजु कार्किको एरेन्ज रहेको छ। चन्द्र चौधरीले मिक्सिङ र विप्लव अधिकारीले रेकर्डिङ गरेका छ्न्।

छठ पर्वको पूर्वसन्ध्यामा रिलिज गरिएको शुन्दर भिडियोमा जीवनराज खत्री, जानवी बोहोरा र सृष्टि खड्काको अभिनय हेर्न सकिन्छ। निकै व्यस्त निर्देशक जीवन शाहीको निर्देशन रहेको यो भिडियोमा चक्र महर्जनले छायांकन गरेका छन् भने अर्जुन पोखरेलले सम्पादन गरेका छन् ।

उत्तम खजुमको “अदम्य” एल्बम भित्र समावेस गरिएको यो गीतको अडियो सिडिएम म्युजिक क्रीएसनको रहेको छ भने भिडियोलाई नेपाली आर्ट म्युजिक ग्यालेरीले युट्युब मार्फत बजारमा ल्याएको छ।
यो गीतको म्युजिक भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *