डेंगु सार्ने ‘एडीज’ नामक लामखुट्टे काठमाडौंमा पनि देखियो

dengueअसोज १२ काठमाडौ, इपिडिमियोलोजी शाखाले डेंगु सार्ने ‘एडीज’ नामक लामखुट्टे काठमाडौंमा पनि देखिएको भन्दै सतर्क रहन अनुरोध गरेको छ ।

शाखाका अनुसार करिब एक महिनाको अवधिमा चितवनमा मात्र झण्डै २१ जनामा डेंगुको संक्रमण देखिएको छ र डेंगु सार्ने लामखुट्टे काठमाडौंमा पनि भेटिएको शाखाका अधिकारीहरुले बताएका छन् ।

अहिलेसम्म काठमाडौंमा डेंगुका विरामी नदेखिए पनि डेंगु सार्ने लामखुट्टे भने प्रशस्त मात्रामा भेटिएका छन् । तर, चितवनमा देखियो त्यो रोग काठमाडौकै लामखुट्टेले सारेको हो वा उतैबाट सरेको हो भन्ने अझै पुष्टि भएको छैन ।’

यद्यपी, डेंगु सार्ने लामुखट्टेले संक्रमित व्यक्तिलाई टोकेर अन्य व्यक्तिलाई टोकेको खण्डमा यो रोग सजिलै सर्ने हुँदा सजग रहन अनुरोध गरिएको छ ।

यदि तपाईलाई निरन्तर उच्च ज्वरो आइरहेको छ । तर त्यसमा भाइरल इन्फ्लुयन्जा अथवा रुघाखोकीको कुनै लक्षण देखा परेको छैन भने डेंगुको लक्षण हुन सक्ने चिकित्सकहरु बताउछन ।

उच्च ज्वरो आउने, खान मन नलाग्ने, जीउ गल्ने, शरीरमा विमिरा आउने, शरीरका विभिन्न भागबाट रगत बग्ने डेंगु रोगको लक्षण हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *