तराई-मधेश, पहाड जोड्ने फास्ट ट्राकको प्रधानमन्त्रीद्वारा उद्घाटन

काठमाडौ १३ जेठ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं तराई जोड्ने द्रुतमार्गको शिलान्यास गरेका छन् । राष्ट्रिय गौरवको महत्व बोेकेको फास्ट ट्रयाकको आज प्रधानमन्त्रीले बाराको निजगढमा शिलान्यास गरेका हुन् ।

ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बारा जोडिने सडक निर्माणबाट काठमाडौँ उपत्यकामा पुग्ने सडक सञ्जालको दूरी घटाउने, ढुवानीलाई छिटोछरितो बनाउनेछ । एक खर्ब १२ अर्बको लगानीमा निर्माण हुने उक्त सडक निर्माणपछि निजगढदेखि काठमाडौँसम्मको दूरी एक घन्टामा पूरा हुनेछ । यस द्रुत मार्गको लम्बाई ७६.२ किमीको हुनेछ । तराई-मधेश,पहाड जोड्ने फास्ट ट्राक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ ।

मुलुकै नमुना आयोजनाको रुपमा हेरिएको यस मार्गलाई समयमा नै सम्पन्न गरेमा नेपाली सेनाको गौरवपूर्ण इतिहास कायम रहने, समयमा नसकेमा सेनाको ख्यातीमा दाग लाग्ने प्रधानमन्त्रीले बताए । ‘यस आयोजनालाई समयमा सम्पन्न गरेमा नेपाल सरकारले सेनालाई पुरस्कृत गर्ने प्रधानमन्त्रीले बताए ।

यो आयोजना समयमा सम्पन्न गर्नका लागि नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको नेतृत्वमा अधिकारसम्पन्न निर्देशक समिति गठन गरिएको छ । यो आयोजना निर्माणसँगै तराई, मधेस, हिमाल र पहाडको भावनालाई जोड्ने यस मार्गले नेपालको आर्थिकलगायत बृहत्तर विकासमा योगदान पुर्याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *