तारा एयरको विमान दुर्घटना

हुम्ला,१२ मंसिर- हुम्ला जिल्लाको सिमकोट विमानस्थल धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ । मंगलबार बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि ९ एन एबीएम कलसाइनको विमान दुर्घटना भएको हो ।

दुर्घटनामा २ जना पाइलट सहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटद्वय वसन्त लामा र अनुप गुरूङ रहेका छन् । अन्य तीनजना चुनाव सकेर फर्किँदै गरेकाहरु रहेका बताईएको छ ।

सामान्य घाइते भएकाहरूको हुम्लाकै सिमकोटमा उपचार भइरहेको छ । दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *