तारूकाको गोरु जुधाउने मेलाबारे वृत्तचित्र तयार

काठमाडौँ, २५ पुस- नुवाकोटको तारुकामा करिब सय वर्षअघिदेखि माघे संक्रान्तिका दिन बर्सेनि आयोजना हुँदै आएको गोरू जुधाउने जात्राबारे ‘गोरु जुधाई मेला’ नामक वृत्तचित्र निर्माण गरिएको छ । सामुदायिक सेवा केन्द्र, नुवाकोटद्वारा निर्मित सो वृत्तचित्रको निर्देशन शशी लुमुम्बू र श्रीराम श्रेष्ठले संयुक्तरूपमा गरेका छन् ।

काठमाडौँ, २५ पौष । नुवाकोटको तारुकामा करिब सय वर्षअघिदेखि माघे संक्रान्तिका दिन वर्षेनी आयोजना हुँदै आएको गोरू जुधाउने जात्राबारे ‘गोरु जुधाई मेला’ नामक वृत्तचित्र निर्माण गरिएको छ । सामुदायिक सेवा केन्द्र, नुवाकोटद्वारा निर्मित सो वृत्तचित्र निर्देशन शशी लुमुम्बू र श्रीराम श्रेष्ठले संयुक्तरूपमा गरेका छन् ।

अशोककुमार बस्नेत, गणेश हुमागाईं र कन्चन पोखरेलको छायांकन रहेको छ भने रविन्द्र बरालले ड्रोन परिचालन गरेका छन् । वृत्तचित्रको लेखन शशी लुमुम्बूले गरेका हुन् । ३० मिनेट समयावधिको उक्त वृत्तचित्रमा गोरु जुधाई जात्राको सुरुवात, ऐतिहासिक पक्ष, जात्रा आयोजना, गोरु जुधाउने विधि र प्रकियाका जानकारी दिनुका साथै गोरु जुधाईको रोचक दृश्य देख्न सकिने निर्देशक लुमुम्बूले बताए ।

अर्का निर्देशक श्रेष्ठका अनुसार स्पेनको बुलफाइटको झझल्को दिने यस गोरु जुधाई जात्रा तथा मेला तारुकाको मात्रै नभएर नेपालकै ऐतिहासिक र मौलिक परम्परा हो । उक्त मेलाको संरक्षण र जगेर्नामा टेवा पु¥याई पर्यटन प्रवर्धनका लागि सहयोग पु¥याउने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको हो । वृतचित्र गोरु जुधाउने जात्राको अवसर पारेर सार्वजनिक प्रदर्शन गरिने जानकारी श्रेष्ठले गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *