तिन दिनभित्र प्रदेश प्रमुख र प्रदेशको राजधानी तोक्ने : प्रधानमन्त्री देउवा

धनगढी — प्रधानमन्त्री शेरबहादुर देउवाले तिन दिनभित्रै प्रदेश प्रमुख र राजधानी तोक्ने बताएका छन् । कैलालीको गोदावरीमा वाह् राशी मकर मेलाको उद्घाटन गर्दै सहमति भएपनि नभएपनि तीन दिनभित्र प्रदेश प्रमुख र राजधानी सरकारले तोक्ने बताएका छन् ।

निर्वाचनमा कसैको बहुमत आएको छैन, संसद गठन भएको छैन कसलाई सत्ता सुम्पने ? प्रधानमन्त्री देउवाले भने ‘कानुनी प्रक्रिया, संविधानको दायरा केही नबुझीकन सत्ता हस्तान्तरणको राग मात्र अलापेर हुँदैन’। ‘को प्रधानमन्त्री हुने ? कानुनसम्मत रुपमा अगाडि आउनु पऱ्यो म एक मिनेटमै सत्ता छोड्न तयार छु’ देउवाले भने । राष्ट्रियसभा निर्वाचन पछि संसदले पूर्णता पाउने भएकाले त्यसपछि मात्र नयाँ सरकार गठन हुने देउवाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *