“तिम्रो नजरको शासन ढाली दिने कोहि भए” गीतको म्युजिक भिडियोको छायांकन

फागुन ९ काठमाडौ,नेपाली सांगीतिक क्षेत्रमा लामो समय देखी आवद्ध हुँदै आएका बहु प्रतिभाशाली गायक हुन एम लामा । यिनै एम लामाको नयाँ एल्बम तहल्का पनि बजार सार्बजनिक भएर चर्चा कमाई सकेको छ ।

यहि एल्बममा समाबेश तिम्रो नजरको शासन ढाली दिने कोहि भए बोलको गीतको म्युजिक भिडियोको छायांकन आज रोयल स्टुडियोमा भईरहेको छ । यो गितमा रावतको शब्द अनि सुरेश अधिकारीले संगीत रहेको छ । यो गीतको म्युजिक भिडियोमा बर्षा शिवाकोटी अनि राजेश गहतराजले अभिनय गरिरहेका छन । ।

उक्त भिडियोमा उत्सव दाहालको छायांकन, राजिब समरको कोरियोग्राफी संगै प्रकाश धितालको निर्देशन रहेको छ । भिडियोलाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गर्ने प्रकाश धितालले सूचनाखबरलाई जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *