तिस हजार पैसा र सात तोला सुन बोकेर गित गाउन हिडेका भुईफुट्टा गायक/संगीतकारको आउदै छ बिन्दास एल्बम

suman rai 1भनिन्छ संघर्ष नै जित हो । जसरी पहाडको टाकुरा बाट थोपा थोपा चुहिएर बगेको पानी झर्ना छागा,खोच हुँदै, उचालिन्दै थेचारिन्दै भंगालोहरुलाई पार गरेर समुन्द्र पुग्दछ । कठिन संघर्षको वावजुद नै तेन्जिङ नोर्गे शेर्पा, एडमण्ड हिलारी र जुन्को ताबेईले सगरमाथाको चुचुरोमा पाइला राखीन् । संघर्ष गरेर न झमक घिमिरेले हिम्मत हारिन् न तस्लिमा नसरिनले नै । यो त उदाहरणीय पात्रहरु मात्रै हुन् ।
नेपाली गीत-संगीत क्षेत्रमा एउटा जुझारु नाम हो सुमन राई । भोजपुर जिल्लाको पाङ्चा गाबिस वडा नम्बर दुईमा बाबू खड्ग बहादुर राई र आमा रहरमाया राईको जेठो छोरोको रुपमा जन्मिएका सुमन राई वास्तवमा एउटा सितोरियो करातेका कुशल खेलाडी हुन् । सितोरियो करातेमा ब्लाक बेल्ट लिएका उनले खोटाङको बुइपा उपशाखा डोजोमा प्रशिक्षक भएर २६ महिना काम गरेका छन् । त्यसपछि उदयपुरको गाइघाटमा प्रशिक्षककै रुपमा १३ महिना काम गरेका सुमन राई आफू खेल क्षेत्रमा भए पनि आफ्नो सानै देखिको गीत-संगीत प्रतीको मोहलाई भुल्न सकेन । त्यसैले आफ्नो १५ बर्षको उमेरमै उनले बोल्छौकी भनेर भन्ने बोलको आधुनिक गीत रेकर्ड गराएका थिए ।

त्यतिबेला,एल्बम निकाल्नु भनेको संसार जित्नु जतिकै मानिन्थ्यो । मान्छेहरु त्यो बेला टेप रेकर्ड सुन्थे । टेप रेकर्ड बाट अडियो क्यासेट बज्दा सबै जना उफ्री उफ्री नाच्थे । वन-जंगल,मेलापातमा टेप रेकर्ड घन्केको सुनिन्थ्यो । सायद यहि देखेर होला, सुमन राईलाई पनि एल्बम निकाल्ने हुटहुटी भयो । त्यसपछि सात तोला सुन र तीस हजार पैसा बोकेर सुमन राई लागे काठमाडौ तिर । हुनपनी त हो, त्यो बेला यस्तो लाग्थ्यो, सारा सपनाहरु काठमाडौले मात्रै पूरा गर्छ । त्यही एल्बम निकाल्ने चाहानाले उनलाई मलेशिया पुर्‍यायो । मलेशियामा ५ बर्ष रहेका सुमन राईले त्यहाँ रहुन्जेल हरेक नेपाली गीत संगीतको कन्सर्टमा सहभागी भए । मलेशियामा नेपाली गीत-संगीतको एउटा ईटा नै थपेर नेपाल फर्किए। गोरेटो र उधो सुनकोशी पहिला नै बजारमा ल्याईसकेका सुमन राईले त्यसपछि क्षितिज पारी,बरुन तरेर,बिन्ती ,बिहानी र अहिले बिन्दास एल्बम बजारमा ल्याउदै छन् । यहि सेरोफेरोमा रहेर सूचना खबरको लागि ईन्द्र जिजीविषाले गरेको कुराकानी।

हिजो आज के गर्दै हुनु हुन्छ ?
अहिले म मेरो अर्को नयाँ एल्बम बजारमा ल्याउने तयारी गर्दै छु । आफ्नो र अरु साथीहरुको गीतहरु रेकर्ड गर्दै छु । साथमा थुप्रै नै गीतहरुमा कम्पोज पनि गरिरहेको छु ।

एल्बम ल्याउदै हुनु हुदो रहेछ, कस्तो अनि कुन एल्बम ल्याउदै हुनु हुन्छ ?
मेरो आउदै गरेको एल्बम बिशेष त लोक प्याटनकै हो । म अलिकति लोक बेसकै कलाकार भएको नाताले यो एल्बममा पनि धेरै जसो लोक प्याटनकै गीतहरु रहने छन् । यो एल्बममा ६ वटा गीतहरु हुनेछ । अब आउने एल्बमको नाम भने बिन्दास हो । यो एल्बमको ६ वटा गीतहरुमा फरक फरक शैलीका गीतहरु रहने छन् । डान्सिङ्ग,आधुनिक र धेरै जसो चाहि लोक प्याटनको रहने छन् ।

पछिल्लो समयमा आएर,तपाइँ त गायनमा भन्दा संगीतमा धेरै जम्दै हुनुहुन्छ नि, यो एल्बममा पनि त तपाइँकै संगीत रहेको होला नि हैन ?
हजुर यो एल्बममा मेरै कम्पोज रहेको छ । एउटामा चाहि जीवन राईको कम्पोज रहेको छ ।

यो तपाइँको छैटौ एल्बम, पाँचौ एल्बम सम्मको यात्रालाई हेर्दाखेरी तपाइँ सन्तुष्टि हुनुहुन्छ ?
नेपालको गीत संगीतको बारेमा त याहाँलाई थाहै छ। गीत संगीत भनेको चाहि आत्मसन्तुष्टि नै हो जस्तो लाग्छ मलाई । हामीले कमाउने भनेकै स्रोता र दर्शकहरु नै त हो । अरु त के नै छ र यहाँ ? सबै भन्दा ठुलो आत्मसन्तुष्टि नै हो ।

गीत गाउदा खेरि तपाइँलाई सबै भन्दा सजिलो र रमाइलो लाग्ने विधा कुन हो ?
म एउटा कलार हुँ, मलाइ यो विधा त्यो विधा भनेर भन्न मन लाग्दैन । म सबै विधाका गीतहरु गाउछु र कम्पोज गर्छु । सबैलाई उतिकै माया र सम्मान पनि गर्छु । तर तपाइँले सोधेको प्रश्नको जवाफ दिनै पर्दा, मलाई ठेट नेपाली गीत संगीत, लोक बेसका गीतहरु गाउन बढि आनन्द लाग्छ ।

‘बिन्दास’ एल्बममा निकाल्दै हुनुहुन्छ, यो एल्बमको लागि कोही कसैको साथ र सहयोग पनि पाउनु भएको छ की ?
हजुर, यो एल्बमको लागि मलाई माया र विश्वास गरेर, जानू काम्बाङ लिङ्देन,तिर्थ चाम्लिङ राई,दिक्पाल राई,सन्तोष राई,तारा दिप्शाली बान्तावा राई,सीता राम खड्का उहाँहरुले मलाई सहयोग गर्नु भएको छ । सबै गीतको म्युजिक भिडियो जेनेक्स मिडिया ले गरिरहेको छ। जस्मा निर्देशन जिबि लामा,विज्ञान राना मगर र अनिल कुमार महर्जनले गर्दै हुनुहुन्छ। र एल्बमको काम पनि सबै जेनेक्स मिडियाले नै गर्ने भएको छ ।

अब अलिकति पछाडि फर्कौ, तपाइँको सांगीतिक यात्रा कहाँ बाट कसरी सुरुवात भयो ?
यो चाहि गम्भीर कुरो छ ? धेरै बर्ष अगाडि अहिले ठ्याक्कै त याद भएन, तर म विदेश जान्छु भनेर ३० हजार पैसा र सात तोला सुन बोकेर काठमाडौ आएको थिए । त्यसपछि म विदेश जानु छोडेर एल्बम निकाल्नु तिर लागे, यसरी नै यो फिल्डमा आएको हुँ ।

सुन्नमा आएको छ, तपाइँ त भुईफुट्टा गायक / संगीतकार हो अरे नि त । हो ?
हजुर यो कुरो सहि नै हो ।

कसरी सम्भब भयो त ?
यो फिल्डमा रहनु हुने,मेरा साथिहरु हुनुहुन्थ्यो । उहाँहरुकै साथ लागेर हेर्दै जादा बुझ्दै जादा काम गर्दै जादा जानियो । पढेर हैन,काम गरेर जानेको हुँ ।

नेपाली गीत-संगीत आज विश्व बजारमा माथि उठ्न सकिरहेको छैन । तपाइँ त यो क्षेत्रमा लगनशिलताको साथ लागि रहनु भएको छ । के बुझ्नु भएको छ त ?
नेपाली गीत-संगीत सम्बन्धि मैले बुझेको चाहि, अलिकति राष्ट्रले पनि हेर्नु पर्ने थियो, हेरीरहेको छैन । त्यो हिसाबले पनि माथि उठ्न सकिरहेको छैन जस्तो लाग्छ मलाई । अर्को कुरो, हामी जस्तो संघर्ष गर्दै गरेको कलाकारलाई चाहि मिडिया संग टच नभएकोले माथि उठ्न गाह्रो भइरहेको जस्तो लाग्छ ।

अब आउने दिनहरुमा,तपाइँको योजना के-के छन् त ?
अबको मेरो योजना भनेको, बर्षमा एउटा एल्बम स्रोता दर्शकहरुलाई दिने सोचमा छु । अहिले बिन्दास एल्बम आइरहेको छ । अर्को बर्ष पनि निकाल्ने छु । साथीहरुको गीतहरुमा काम गरिरहेको छु र गर्ने छु । त्यसरीनै अगाडि बढ्ने विचारमा छु ।

यो सांगीतिक क्षेत्रमा डौडिरहदा,बिचबिचमा विभिन्न आरोह अवरोह पनि आयो होला नि हैन ?
अब त्यो चाहि,भन्नै पर्दा, पहिला गीत संगीतमा लाग्दा खेरी, मलाई सम्झना आउछ आज पनि, म त्यो बेला नयाँ थिए । त्यो बेलामा गीत गाउन नजान्दा रेकडिस्टहरुले गालि गर्थे । कहाँ सुर चढ्यो ? कहाँ सुर झर्यो ? त्यो थाहा हुदैन थियो । औपचारीक शिक्षा बिनै यो क्षेत्रमा आएको हुनाले, त्यतिबेला गालि खाएको कुराहरु आज पनि सम्झना आउछ ।

आज सम्म, समग्रमा बजारमा कतिवटा गीतहरु तपाइँको आएको छ ?
मैले गाएको चाहि, ६० नाघ्यो होला, कम्पोजिसनको हिसाबले त १५० भन्दा बढि पुगेको छ ।

अब अन्त्यमा, के भन्न चाहनु हुन्छ ?
अब मैले के भन्नु र ? चाडै नै बिन्दास एल्बम बजारमा ल्याउदै छु । यहाँहरुले त्यो एल्बमलाई एक पटक सुनी दिनु हेरिदिनु होला । कमि कमजोरी औल्याई दिनुहोला । अनि सूचना खबर डट कम र तपाइँलाई मेरो कुरा पाठक, स्रोता,दर्सकहरु माझ पुर्याई दिएकोमा धेरै धेरै धन्यवाद ।

सुमन राईको केहि गीतको म्युजिक भिडियोहरु यहाँ हेर्नुहोस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *