तीन किलो गाँजासहित पक्राउ

काठमाडौँ,साउन १६ – नेपाल प्रहरीले अवैध लागूऔषध गाजाँसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं पेप्सीकोला बस्ने धादिङ गजुरी घर भएका ३४ वर्षीय निरज तामाङ समेत २ जना छन् । उनीहरु बाट प्रहरीले तीन किलो गाजाँ बरामद गरेको महानगरीय प्रहरी वृत्त बानेश्‍वरले जानकारी दियो ।
टोलीले गस्ती गर्दै जादा उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ वृत्तले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *