तीन दिन नेपाल भारत सीमा मा नाकाबन्दी

बैतडी १२ असार – यही असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचनहुन गईरहेको छ , यसैलाई ध्यानमा राखेर भारतसँग जोडिएको सबै सीमानाहरुमा ७२ घन्टा बन्द गर्ने दुइ देश बीच आपसी सहमति भएको छ।

दार्चुलामा शुक्रबार भएको संयुक्त सीमा सुरक्षा बैठकमा चुनावलाई ध्यानमा राखी सीमानाका बन्द गर्ने सहमति भएको बैतडीका प्रजिअ तुलसीराम पौडेलले जानकारी दिए। सोअनुसार यही असार १२ गते बिहान ७ बजेदेखि असार १५ गते बिहान ७ बजेसम्म सीमानाका बन्द हुने छ।

सीमा सुरक्षा बैठकमा चुनावी सुरक्षाका साथै सीमा क्षेत्रमा हुन सक्ने मानव बेचबिखन, वन्यजन्तुको चोरी सिकारलगायत अपराध न्यूनीकरण गर्ने विषयमा समेत छलफल भएको बताइएको छ। यस्तै महाकाली नदीमा बन्ने भनिएका झोलुङ्गे पुल निर्माणका लागि दुवै देशका स्थानीय प्रशासनले चाल्नुपर्ने कदम यथाशीघ्र चाल्ने सहमति पनि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *