त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नकावधारी उत्रदा खैलाबैला

काठमाडौ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार विहान एक नकावधारी व्यक्ति देखा परे । केही दिनदेखि भारतीय सुटर नेपालमा पक्राउ भइरहेको समयमा इन्डियन एयरलाइन्सकै जहाजबाट नकावधारी व्यक्ति विमानस्थलमा देखा परेपछि सबै मुखामुख गर्न थाले । तर, उनी कुनै अपराधी व्यक्ति भने थिएनन् ।

नेपालमा हुन लागेको खेल खेल्न भारतीय रेस्लर यसरी नकावसहित विमानस्थलमा उत्रेका थिए । नेपाल रिङ्ग रेस्लिङ्ग संघ र डिसहोमको संयुक्त आयोजनमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय रिङ्ग रेस्लिङ्ग प्रतियोगिता आयोजना हुन लागेको छ ।

सोमबार विहान बिहान १०ः३० बजे इन्डियन एयरलाइन्सको विमानबाट ती रेस्लिङ खेलाडी विमानस्थलमा उत्रेका थिए ।पत्रकारहरुले कुरा गर्न थालेपछि मात्र सर्वसाधारणहरुले उनी खेलाडी भएको थाहा पाए ।

यही कात्तिक २५ दशरथ रंगशालाको कभर्ड हलमा र २७ गते इटहरीको ठुलो जनता मा. वि.मा आयोजना हुन लागेको हो । उक्त प्रतियोगिमा नेपाल सहित अमेरिका, सिंगापुर, अष्ट्रेलिया, मलेसिया, भारत, रसिया र चेक रिपब्लिक गरि ८ देशका खेलाडिहरुले प्रतिस्पर्धा गर्दैछन् । यस प्रतियोगितामा फ्ल्याग् म्याच, सिंगल्स्, ह्याण्डीक्याप, रोयल रम्बल, ट्याग टिम महिला-पुरुष, हार्डकोर र थ्री वे कर्नर जस्ता इभेन्टहरु हुने अनलाईन डबलिमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *