दक्षिण कोरियाको एउटा भवनमा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु

सोल, ६ पुस – दक्षिण कोरियाको जोसेन सहरमा रहेको एउटा भवनमा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ । राजधानी सोलदेखि झन्डै १७० किलोमिटर दक्षिणपूर्वमा पर्ने जोसेन सहरमा रहेको आठ तले भवनमा आगलागी हुँदा कम्तिमा २९ जनाको मृत्यु भएको हो ।

आगलागी भएको भवनमा ब्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सन्चालनमा रहेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सन्चारमाध्यमहरूले लेखेका छन् ।

मृत्यु भएकामध्ये सबैजना भवनको दोस्रो तलामा रहेकोे अधिकारीहरुले बताएका छन् । उनीहरु सबैजना घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए । आगलागीमा परी अन्य २६ जना घाइते भएका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय समयअनुसार दिउसो ३.५३ बजे आगलागी सुरु भएको थियो । आगलागी भएलगत्तै ५० ओटा अग्नी नियन्त्रक यन्त्र, ६० जना अग्नी नियन्त्रक र हेलिकोप्टर आगलागी नियन्त्रण गर्न र पिडितहरुलाई उद्धार गर्न खटाइएको थियो ।(सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *