दशैंमा लोडसेडिङ दैनिक २ देखि ३ घण्टा मात्रै

सुचना खबर-असोज ८ काठमाडौं, नेपाल विद्युत प्राधिकरणले दशैंको समयमा लोडसेडिङ घटाउने तयारी गरेको छ । दशैंमा फुलपातिको दिनदेखि दशैं नसकिँदा सम्म दिनको २ देखि ३ घण्टासम्म मात्रै लोडसेडिङ  गर्ने तयारी छ ।load sedding

अहिले विद्युत उत्पादन बढेकाले भारतबाट आयत भएका ५० मेगावाट बिजुली पनि अहिले नल्याइने भएको छ ।

माथिल्लो मर्स्याङ्दीबाट उत्पादन भएको ५० मेगावाट विजुली पनि दशैंअघि नै बाल्न पाइने अवस्था छ ।

चाइनिज कम्पनी सिनो हाइड्रो र मनकामना केवलकार समूहको प्रवर्द्धन रहेको नेपाली कम्पनी सिनो हाइड्रो सगरमाथाले लमजुङको भुलभुले गाविसमा पावर हाउस राखेर मर्स्याङ्दी नदीबाट बिजुली निकालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *