दाङमा बस दुर्घटना, तीन जनाको मृत्यु

पौष ७ दाङ, दाङको घोराही-लमही सडकखण्डमा घोराहीबाट बुटवल जाँदै गरेको लु २ ख ७७६ नम्वरको बस मसोट खोला नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

दुर्घटनामा दाङको सतवरीया घर भइ विद्युत प्राधिकरण लमहीमा कार्यरत कृष्ण शाही, दाङकै सौडियार गाविसका ६० वर्षीय चित्रबहादुर श्रेष्ठ र प्यूठानको खाला निवासी ३८ वर्षीया देउरी विकको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

घाइतेहरुको घोराहीको उपक्षेत्रीय अस्पताल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते ६ जना प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *