दार्जीलिङमा फेरि भड्कियो हिंसा, झडपमा १ प्रहरी सहित २ जनाको मृत्यु

दार्जीलिङ – अनिश्चितकालिन दार्जीलिङ बन्द खुलेको १६ औं दिनपछि फेरि हिंसा दार्जीलिङमा हिंसा भड्किएको छ । शुक्रबार बिहान तकभर क्षेत्रमा सुरक्षाकर्मी र गोजमुमोका अध्यक्ष विमल गुरुङ पक्षका आन्दोलनकारीबीच झडप हुँदा एक जना सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । झडपमा अन्य थुप्रै घाइते भएको समेत उल्लेख गरिएको छ ।

मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक अभिताभ मल्लिक रहेका छन् भने मृत्यु हुने अर्का व्यक्ति मोर्चाका कार्यकर्ता भएको बताइएको छ । ती मृतकको सनाखत हुन सकेको छैन ।

त्यस क्षेत्रमा मोर्चाका कार्यकर्ताले हतियार र बम लुकाएको सूचना आएपछि छापा मार्दा झडप भएको प्रहरीले दाबी गरेको इन्डिया टुडेको अनलाइन संस्करणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *