दिक्तेल बाट चल्ने सवारी साधनको भाड़ादार घट्यो

पौष १९ खोटाङ, जिल्लामा सञ्चालित यात्रुबाहक सवारीसाधनको भाडा घटाइएको छ । हिउँद लागेसँगै खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसीमा अस्थायी बेलिब्रिज राखिएपछि जिल्लामा सञ्चालित लामो तथा छोटो दूरीका यात्रुबाहक सवारीसाधनको भाडा दर घटाइएको हो । नयाँ भाडादर अनुसार दिक्तेल- काठमाडौं ३०० र दिक्तेल-गाईघाट २०० ले घटेको छ ।

जिल्ला प्रशासन कार्यालय बसेको राजनीतिक दलका नेता,यातायात व्यवसायी सङ्घ,सरोकारवालालगायतको बैठकले दिक्तेल–काठमाडौँका लागि एक हजार ३००, दिक्तेल–कटारीका लागि ८००,दिक्तेल–गाईघाटका लागि ८००, दिक्तेल–चखेवाभञ्ज्याङका लागि ४५०, दिक्तेल–ऐसेलुखर्कका लागि एक हजार, दिक्तेल-मात्तिमका लागि २२५, दिक्तेल-पाथेकाका लागि २५०, दिक्तेल-खानीडाँडाका लागि २०० नयाँ भाडा दर तोकेको छ ।

यस्तै, ऐसेलुखर्क–काठमाडौंका लागि दुई हजार २००, जालपा–काठमाडौंका लागि एक हजार ६००, रसुवा–पञ्चमीबजारका लागि ३०० र रसुवा–सिम्पानीका लागि ३०० रूपैयाँ भाडा निर्धारण गरिएको छ ।
जिपका लागि भने दिक्तेल–काठमाडौंका लागि एक हजार ६००, दिक्तेल-कटारीका लागि एक हजार,दिक्तेल-गाईघाटका लागि एक हजार, दिक्तेल-चखेवाका लागि ६००, दिक्तेल-मात्तिमका लागि ३०० र दिक्तेल-पाथेकाका लागि ३०० रूपैयाँ भाडा तोकिएको छ ।

वर्षा सुरु भएपछि र दूधकोसीको बेलिब्रिज निकालिएपछि पुनः भाडा दर वृद्धि गरिने यातायात व्यवसायी सङ्घले जनाएको छ । जिल्लामा हिउँद तथा वर्षायाममा सुरु हुनासाथ सवारीसाधनको भाडादर परिवर्तन गर्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *