दिक्तेल-भोजपुर सिधा यातायात संचालन

खोटाङ २० मंसिर- पूर्वी पहाडि जिल्ला खोटाङको सदरमुकामलाई जोड्ने अन्र्तरजिल्लाका नाकाहरु हिउदे सिजन लागेपछि खुल्दै गएका छन् । गत जेठ महिना देखि बन्द रहेकोे सदरमुकाम दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सेवा आजवाट सुचारु भएको छ । वर्षादको पानीले सडक खण्डमा पारेको खाल्डाखुल्डी पुर्नुका साथै मर्मत गरेर दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सुचारु गरिएको हो ।

करिब ९१ किलोमिटर लम्बाई रहेको भोजपुरको देउरालीसम्मका लागि दिक्तेलबाट बिहान ७: १५ बजे बस छुट्ने व्यवस्था मिलाइएको यातायात व्यवसायी सङ्घ खोटाङका महासचिव रामकुमार हिङ्माङ्ले बताए । गत वर्षदेखि सिधा यातायात सुरु भएको खोटाङ र भोजपुरमा देउरालीबाट पनि सोही समयमा बस छुट्ने व्यवस्था मिलाइएको छ ।

हिउँदको समयमा मात्र यातायात सञ्चालन हुने यस सडक खण्डमा यसअघि चखेवासम्म मात्र यातायात सञ्चालन हुँदै आएको थियो । सिधा यातायात सञ्चालन भएपछि भोजपुर पुग्नका लागि चखेवाभञ्ज्याङबाट अर्को बस परिवर्तन गर्नुपर्ने बाध्यता हटेको छ ।

मध्य पहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डमा कालोपत्रेको काम पनि तीब्र गतिमा भइरहेको छ । तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ कालोपत्रेको काम थालिएको सडक फराकिलो पार्ने, ग्याभिङवाल भर्ने, पुल निर्माण गर्ने, गिटीढुङ्गा फोर्ने लगायत काम भइरहेको सडक आयोजनाका इन्जिनियर युवराज पाण्डेले जानकारी दिए । करिब ४६ किलोमिटर लामो सडक पाँच खण्डमा विभाजन गरेर कालोपत्रेको काम गरिएको छ । गोल्डेन गुड प्रालिले ठेक्का लिएको सडक करिब एक अर्बको लगानीमा कालोपत्रे सम्पन्न हुने जनाइएको छ ।

यस्तै, तराईका जिल्ला जोड्ने गाईघाट दिक्तेल सडक खण्ड अन्र्तगत फोक्सीङटारमा बेजिब्रिज जडानकोकाम अन्तिम चरणमा पुगेको छ । पुस पहिलो साताबाट बेलिव्रिज सञ्चानमा आए सदरमुकाम तथा जिल्लाका बिभिन्न वजारहरुवाट तराईको जिल्ला जान सहज हुने एबिसी खबरमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *