दीपक मनाङे सपथ ग्रहण कार्यक्रममा उपस्थित भएनन्

काठमाडौ, ७ माघ – मनाङबाट प्रदेशसभामा निर्वाचित दीपक मनाङे आइतबार भएको शपथ ग्रहणमा कार्यक्रममा उपस्थित भएनन् । पोखरामा भएको ४ नम्बर प्रदेशका सांसदको शपथ ग्रहण कार्यक्रममा मनाङे अनुपस्थित रहेका हुन् ।

शपथ ग्रहण समारोहमा भाग लिन अरु सांसदलाई जस्तै मनाङेलाई पनि जिल्ला प्रशासन कार्यालय कास्कीले पत्र पठाएको थियो । प्रहरीले पक्राउ पूर्जी जारी गरेर उनलाई खोजीरहेकोले शपथ ग्रहण कार्यक्रममा जाँदा प्रहरीले पक्राउ गर्न सक्ने भएकाले उनी समारोहमा नगएका हुन् ।

मनाङेसहितका पाँचजनाविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो ।

सर्वोच्चले २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनलसहितलाई दीपक मनाङेको समूहले खुकुरी प्रहार गरेको घटनामा यस्तो फैसला गरेको हो । चक्रे मिलनसहितलाई बागबजारमा खुकुरी हानेको घटनामा प्रहरीले मनाङेसहितविरुद्ध कर्तव्य ज्यान अभियोगमा मुद्दा चलाएको थियो ।

यस्तै तनहुँको क्षेत्र नम्बर १ ‘क’ का सांसद सामबहादुर गुरुङ पनि शपथमा सहभागी भएनन् । एमालेबाट निर्वाचित गुरुङ विदेशमा रहेकाले शपथमा सहभागी नभएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *