दुबै मृगौला फेलभएका पीडितद्वारा ‘जिवन बचाउको’ याचना

चिसाङ्ग शेर्पा-पौष २५ काठमाडौ
दुबै मृगौला फेलभएका एक पिडीतले ‘जिवन बचाउको’ याचना गरेका छन् । खोटाङ्ग बाम्राङ्ग ८ सामातुङका ४४ बर्षिय टंकराज राईले आफ्नो शरीरमा भएको दुईवटै मृगौला काम नदिने थाहा पाएपछि जिवन बचाउका लागी सहयोगको अपिल गरेका हुन् । विगत पाँच महिनायता दैनिक औषधीका भरमा जिवन धानीरहेका तथा हप्तामा दुईपटकका दरले बेकामे मृगौला डायलसिस गराउँदै आएका पिडीत परिवारको आर्थिकस्थिती कमजोर हुँदा सबैसमक्ष सहयोगको आव्ह्वान गरेका हुन् । सुरुमा घाँटी दुख्ने,जिउ कालो हुने,पेट सुन्निनेजस्ता समस्या देखिएपछि गत साउन २१ मा गोल्डेन अस्पताल बिराटनगरमा चेकजाँच गराउँदा त्यहाँका डाक्टर रमेश कुमार चौरासियाले राईको दुबै मृगौला फेल भएको पुष्टि गरेको हो ।

‘एकवटा मात्रै मृगौला ट्रान्सर्फर गर्न सकिए आफूले नयाँ जिवन पाउने तथा श्रीमती र छोरीको भविष्य बनाउन पाउने’ पिडीत राईले अस्पतालको शैयाबाट फोन सम्पर्कमा सुनाए । तपाईहरुकै आफन्त काकाबुवा,दाजुभाई सम्झेर सहयोग गरीदिनु होला,मलाई बचाउनु होला । मृगौला बिग्रिएपछी परिवार अविभावक विहीनजस्तो भएको छ । मृगौलाका लागी आफन्त तथा अन्य मानिसहरुमा सोधपुछ भईरहेको र नयाँ मृगौला ट्रान्सर्फर गर्नका लागी २० देखी २५ लाख लागत लाग्ने पिडित राईले भाव विव्ह्वल मुद्रामा बताए ।

मृगौला फेल भएदेखी दैनिक औषधी तथा सामान्य चेकअप गराउँदा मात्र अहिलेसम्म पाँच लाख सकिएको छ बाँकी रकम परिवारको आर्थिक स्थिती भन्दा बाहिर तथा परिपुर्ती गर्न नसक्ने हुनाले सबैलाई सहयोगको अपिल गरिएको स्थानिय योगिन राईले बताए । तत्कालका लागी पिडीत राईलाई सहयोग गर्न चाहानु हुने सहयोगीहरुले ९८२५७९१५१३/९८२३५५५२५३ मा सम्पर्क गर्न सकिने ब्यावस्था मिलाईएको छ ।

पिडीत राईका लागी उपचारार्थ सहयोग रकम जुटाउन देश तथा बिदेशमा रहेका आम सहयोगी हातहरुलाई सिघ्ररुपमा आग्रह गरिने तथा चाँडै बैंक खाता खोलिने स्थानिय एलिना राईले बताएकी छिन् । उपचारको सिलसिलामा हाल मोरङ्ग लेटाङ्ग भोगटेमा बसोवास गरिरहेका परिवारमा एक श्रीमती एक छोरी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *