देशको विभिन्न स्थानबाट पत्रकारहरु गिरफ्तार, क्रान्तिकारी पत्रकार संगठनले निकाल्यो प्रेस विज्ञप्ति

काठमाडौ ३४० बैशाख,सरकारले विभिन्न पत्रकारहरुलाई गिरफ्तार गरेको छ । यसरी सरकारले गिरफ्तार गरेको बिरोधमा क्रान्तिकारी पत्रकार संगठन नेपालले प्रेस विज्ञाप्ति निकालेको छ ।  प्रेस विज्ञप्ति हेर्नुहोस जस्ताको त्यस्तै ।

प्रेस विज्ञप्ती
सरकारले देशका विभिन्न ठाउँमा विनाकारण मानिसहरुलाई गिरफ्तार गर्ने, धम्की दिने, घरघरमा पुगेर खानतलासी गर्ने क्रियाकलापहरु तीब्र बनाएको छ । यस क्रममा करिव एक दर्जन पत्रकारहरु गिरफ्तार गरिएका छन् । साथै बिभिन्न सञ्चारमाध्यमका कार्यालय, त्यसमा कार्यरत पत्रकार÷लेखकहरुलाई प्रहरीले फोन गरेर सोधपुछ गर्ने, धम्की दिने काम गरिरहेको छ । घरमा बसिरहेका, आफ्नो कार्यालयमा काम गरिरहेका तथा बाटोमा हिडिरहेका बेला करिव ३०० जना मानिसहरु गिरफ्तारीमा परेका छन् । सरकारको यसखालको व्यवहारप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालको संविधान २०७२ को धारा १६ देखि ४८ सम्म मौलिक अधिकारहरुको व्यवस्था गरिएको छ । सरकारका पछिल्ला कदमले संविधानमा व्यवस्था गरिएका मौलिक अधिकारको पूर्ण रुपमा उल्लंघन भएको छ । स्वतन्त्र र निर्भयपूर्वक बाँच्न पाउने, आफूलाई मनमा लागेको कुरा विभिन्न माध्यमबाट अभिव्यक्त गर्न पाउने, कुनै

राजनैतिक पार्टीको सदस्य बन्न पाउने, राजनीतिक आस्था र विचार बोक्न पाउने तथा समाजको ऐनाका रुपमा रहने पत्रकारिता पेशा अंगालेर स्वतन्त्रतापूर्वक पत्रकारिता गर्न पाउने अधिकारसहित संविधानमा व्यवस्था गरिएका मौलिक अधिकारहरुलाई सरकार र सरकारका विभिन्न संरचनाबाट कुल्चने काम भएको छ । यसबाट नेपालमा कानुनी राज छ वा मनपरीतन्त्र छ भन्ने प्रश्न उब्जिएको छ । संविधानमा व्यवस्था गरिएका मौलिक अधिकारहरु देखाउनका लागि व्यवस्था गरिएका कागजी दस्तावेज मात्र हुन वा साँच्चिकै लागु गर्नका लागि व्यवस्था गरिएका हुन भन्ने प्रश्न उठेको छ ।

बैशाख १९ गते क्याम्पसमा पढाएर घर फर्कदै गरेका उपप्राध्यापक समेत रहेका रुकुमका पत्रकार हरीबिष्णु ओलीलाई बाटोबाटै गिरफ्तार गरेर अहिलेसम्म हिरासतमा राखिएको छ । बैशाख २१ गते पर्वतका पत्रकार गोपाल जिसीलाई घरबाटै गिरफ्तार गरिएको छ । बैशाख २५ र २६ गते भएको नेपाल पत्रकार महासंघ रोल्पाको जिल्ला अधिवेशनमा प्रदेश पार्षदमा उम्मेदवार भई विजयी भएका पत्रकार पुष्टमान घर्ती मगरलाई सोही प्रक्रियामा सहभागी भइरहेकै बेला २७ गते बिहान पक्राउ गरी हिरासतमा राखिएको छ । काठमाडौंको बागबजारमा चिया खाइरहेका पत्रकारर ठाकुरप्रसाद तिमिल्सिना (रसुवाली कवि), गम्भीर पाठक, योगेश बराललाई गिरफ्तार गरिएको छ ।

मकवानपुरबाट प्रकाशित हुने जनता जिन्दावाद साप्ताहिकका सम्पादक तथा क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय कार्यालय सचिव तिलक अधिकारीलाई बजारमा बसिरहेका बेला एक दर्जन प्रहरी पठाएर घेरा हाल्ने र गिरफ्तार गर्ने प्रयास गरियो । काठमाडौको बागबजारमा रहेको रातो खबर साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरीले घेरा हाल्ने, कार्यालयमा छापा मार्ने र उक्त पत्रिकाका निर्देशक अनिल शर्मालाई पटक पटक फोन गरेर सोधपुछ गरी आतंकित बनाउने काम भएको छ ।

त्यस्तै कोटेश्वरमा रहेको इमान्दार मिडियाको कार्यालयमा फोन गरेर प्रहरीले अनावश्यक दुःख दिने काम गरेको छ । नेपाल पत्रकार महासंघका काठमाडौ शाखा सदस्य तथा वेभ डेभलपर चुडामणी श्रेष्ठलाई उनको घरमै गएर प्रहरीले अनावश्यक सोधपुछ गरी दुःख दिएको छ । क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा जलजला पोष्टका सम्पादक दिपेश बिष्ट र जाजरकोट जिल्ला अध्यक्ष तिर्थराज बोहोरालाई प्रहरीले पटक पटक फोन गरेर दुख दिने काम गरिरहेको छ । बैशाख २९ गते दोलखाको गौरीशंकर गाउँपालिकामा भएको घटनाको अनुगमन गर्न काठमाडौंबाट गएका मानवअधिकारकर्मी प्रेम तामाङलाई गाडीको पास लिन जिल्ला प्रशासन कार्यालयमै गएका बेला पक्राउ गरी हिरासतमा राखिएको छ । साथै अन्य थुप्रै पत्रकारहरुका घरमा पुग्ने, परिवारका अन्य सदस्यलाई गिरफ्तार गर्ने तथा प्रहरी कार्यालयमा बोलाएर दुःख दिने काम गरिरहेको छ ।

गिरफ्तार गरिएका पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक अपराधको मुद्दा लगाएर राखिएको छ । यसप्रति हाम्रो संगठन गम्भीर आपत्ती प्रकट गर्दछ । साथै हामी विना कारण र विना पक्राउ पुर्जी पत्रकारहरु गिरफ्तार गर्ने, उनीहरुमाथि झुट्टा मुद्दा लगाउने र घरपरिवारमा दुःख दिने, आतंक फैलाउने कार्य तत्काल बन्द गर्न माग गर्दछौं । देशमा गणतन्त्र÷लोकतन्त्र भनिए पनि माथिका यी घटनाले राणाकालीन हुकुमीतन्त्र र अराजकतापूर्ण पञ्चायति व्यवस्था कायमै रहेको अनभूती हुन्छ । आम नागरिकलाई संविधानले प्रदान गरेका मात्रै भए पनि अधिकारको पालना गर्न दिने कुरा त परै छ, एउटा शक्तिका रुपमा मानिने प्रेसमाथि समेत अनेक झुट्टा लाञ्छना लगाएर मन नपरेका वा आफ्नो आलोचना गर्नेहरुमाथि दमन गर्नेतिर सरकार केन्द्रित भएको देखिन्छ । संविधानले ’नो भोट‘ को समेत परिकल्पना गरी नागरिकलाई त्यो अधिकार प्रत्याभूत गरेको सन्दर्भमा सरकारको यो कदम निकै पूर्वाग्रहीपूर्ण र दूराग्रही छ । एउटा अनपेक्षित र कठोर युद्धबाट गुज्रिएर यहाँ आइपुगेको

देशलाई सरकार फेरि पनि जवरजस्त भयानक युद्धतिर धकेल्न प्रयत्न गरिरहेको छ भन्न यसले प्रष्ट संकेत गरेको छ । जब मान्छेलाई स्वतन्त्रतापूर्वक बस्न दिइदैन, निर्दोष नागरिकलाई घरबाटै समातेर सार्वजनिक अपराधको मुद्दा लगाइन्छ र जहाँ देखियो त्यही समात्ने भनेर उर्दी जारी गरिन्छ, तब त्यसले त्यही प्रकारको प्रतिरक्षा वा प्रतिक्रिया पैदा गर्दछ । जसका कारण सामाजिक द्वन्द्व सिर्जना हुने निश्चित छ ।

नेपालको राजनीतिक इतिहास यो तितो वास्तविकताका बीच सबै गुज्रिदै आएको थाहा हुँदा हुँदै पनि वर्तमान सरकारले यसलाई पूरै नजरअन्दाज गरी जवरजस्त दमनपूर्ण रवैया अख्तियार गरेर युद्ध थोपर्दै गरेको प्रष्ट हुन्छ । नागरिकका अधिकार पूरै खोसिएको यस्तो अवस्थामा कसैले नबोलेको वा नागरिक अधिकारको रक्षाका लागि अगाडि नसरेको देख्दा हामी अचम्मित भएका छौ । त्यसैले यसलाई रोक्न हामी आम नागरिक, सम्पूर्ण बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार तथा पेशाव्यवसायीहरुलाई हार्दिक अपिल गर्दछौं । आफूमाथि परेपछि मात्र चेत्ने इतिहास दोहो¥याउने नगरी समयमै सचेत भइ काल पल्किन नदिनका लागि हामी आग्रह गर्दछौं ।
२९ बैशाख २०७४

प्रभात चलाउने
अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *