देशको विभिन्न स्थानहरुमा हिउँ-पात, तापक्रम माइनस ११ डिग्री सेल्सियस सम्म

माघ १५ काठमाडौ,देशको विभिन्न स्थानहरुमा यो बर्षको अहिले सम्मकै धेरै हिउँ-पात भएको छ । सोलुखुम्बुमा गएराति अहिलेसम्मकै सबैभन्दा बढी हिमपात भएको छ । शुक्रबार बिहान करिब १० बजेदेखि पर्न सुरु भएको हिमपात राति निकै अबेरसम्म जारी रहेको थियो ।

solu
सोलुमा भएको अत्याधिक हिउँ-पात

जिल्लाको खुम्जुङलगायतको माथिल्लो बस्तीमा चार फिटभन्दा बढी हिउँ जमेको छ भने दूधकुण्ड नगरपालिकालगायतको क्षेत्रका डाँडापाखा पनि हिउँले सेताम्मे भएका छन् । हिमपातसँगै जिल्लामा चिसो पनि अत्यधिक बढेको छ । आज बिहान ५:३० बजे सदरमुकाम सल्लेरीको तापक्रम माइनस ७.२ डिग्री सेल्सियसमा झरेको सल्लेरीस्थित मौसम अवलोकन केन्द्रले जनाएको छ । यस्तै खुम्जुङ भ्यालीको तापक्रम माइनस ११ डिग्री सेल्सियसमा झरेको खुन्दे अस्पताल परिसरमा रहेको तापमापन केन्द्रले जनाएको छ ।

यसैगरी,त्रिभुवन राजपथको सिमभञ्ज्याङ, अघोर र दामनमा आज बिहान ४ बजे परेको हिउपातले हेटौँडा–काठमाडौ बीचको यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । करिब ६ इन्च बाक्लो हिउँ पर्नाले यहाँको जनजीवन कष्टकर भएको छ । काठमाडौ र हेटौँडाबाट गइरहेका सयौँ सवारीसाधन सिमभञ्ज्याङ र अघोरमा रोकिएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै,मौसममा आएको बलदीसंगै हिमालपारीको जिल्ला मनाङमा पनि बाक्लो हिमपात भएको छ । हिमपात भएपछि जाडोका कारण मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् भने त्यहाँको जनजिवन प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *