दोस्रो चरणको निर्वाचनमा सुरक्षा योजना परिमार्जन गरिएको छ : गृहमन्त्रीशर्मा

काठमाडौं, १२ असार- गृहमन्त्रीजनार्दन शर्माले पर्सि बुधबार (असार १४)गते हुने दोस्रो चरणको निर्वाचनमा ढुक्क भएर मतदानगर्नको लागिआममतदाताहरुलाई आह्वान गरेका छन् । उनले भने,‘निर्वाचनको लागि सुरक्षाको कुनै समस्या छैन, सरकारले सबै प्रबन्धमिलाएको छ, सबै सुरक्षानिकायहरुलाई परिचालन गरेको छ, त्यसो भएको हुँदा सबै मतदाताहरु म्तदान केन्द्रमागएर आफ्नो मतदानअधिकार प्रयोग गर्नुहोस्, तपाईहरुलाई चाहिने सबै सुरक्षाव्यवस्थाहामीले गरिसकेका छौं ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमाबोल्दै मन्त्रीशर्माले निर्वाचन शान्तिपूर्ण रुपमा सफलबनाउनको लागि सरकारले आवश्यक सुरक्षाप्रबन्धमिलाईसकेको बताएकाहुन् । उनले भने,‘निर्वाचन शान्तिपूर्ण रुपमा सफलबनाउन र आममतदाताहरुलाई ढुक्क भएर मतहाल्नको लागि म यही मञ्चबाट अपिल गर्छु, निर्वाचन सम्पन्न गराउनको लागिकर्मचारीदेखि लिएर आवश्यक सुरक्षाकर्मीहरुलाई सबै क्षेत्रमा खटाईसकिएको छ, अबमतदान केन्द्रमाकुनै समस्या छैन।’

मतदाताहरुलाई मतहाल्नजाँदाकुनै बाधा, अबरोध नआउनेबारे आश्वस्तपार्दै भने,‘तपाईहरु आफ्नो मताधिकार स्वतन्त्र, भयरहित र निर्भिक रुपमागर्न पाउनुहुनेछ, त्यसको लागितपाईहरुलाई जस्तोसुकै सुरक्षादिनपनि सरकार तयार छ ।’

उनले सुरक्षाको दृष्टिकोणले निर्वाचनबारे तर्साउने प्रयत्नभएकोले सुरक्षा योजनाथप परिस्कृत र परिमार्जन समेत गरिएको जानकारी दिए । उनले भने,‘सुरक्षामाअबकुनै समस्या छैन, मतदानस्थल सुरक्षित छन्, मतगणना गर्नपनि सुरक्षाबलियो बनाईएको छ।’ मन्त्रीशर्माले आफू सुरक्षाप्रबन्ध र अवस्थाबुझ्नको लागिनिर्वाचनहुने सबै प्रदेशमापुगेको र सुरक्षानिकायसँगगोष्ठी समेत गरेको बताए । उनले थपे,‘पहिलो चराणको निर्वाचनबाट हामीले धेरै कुरा सिकेका छौं, त्यसकारण यो पटक सुरक्षानिकायको प्रयोग दरिलो र बलियो रुपमा अगाडि बढाईएको छ, पहिलो चरणकोभन्दा यस पटक सुरक्षानिकायको प्रयोग सशक्त र प्रभावकारी हुनेछ।’

मन्त्रीशर्माले भने,‘हरेक प्रदेश र हरेक जिल्लामा सुरक्षा योजनाबनाईएको छ, पहिलेको भन्दाअहिले सुरक्षा योजना परिमार्जन गरिएको छ, त्यहीअनुसार सरक्षा योजनाकार्यान्वयन भैरहेको छ, म तीन वटै प्रदेशकामुख्यमुख्य स्थानमापुगेर आएको छु, त्यहाँ मैले सबै सरोकारवालापक्षसँग छलफल गरें, र उहाँहरुको सुझावलाई आत्मसात् गर्दै सुरक्षा योजनामाहामीले यो पटक परिमार्जन र परिस्कृत गरेका छौं।’

क्लबका सभापतिऋषिधमलाको सभापतित्वमाआयोजित साक्षात्कारमाबोल्दै उनले अहिले मौन अवधिको समय भएकोले यसलाई सबै राजनीतिकदलहरुले पालना गरेर मतदाताहरुलाई ढुक्क भएर मतहाल्ने अधिकारको सदुपयोग गर्न सहयोग पुर्याउनआग्रह गरे । उनले निर्वाचन सुरक्षाको लागिकति संख्यामा सुरक्षाकर्मी खटाईएको छ भन्नेबारे एकिननबताएपनिआवश्यकत्ताअनुसार सुरक्षा संख्याविन्यास गरिएको जानकारी दिए ।

मन्त्रीशर्माले स्थानीयतहको निर्वाचन संविधानकार्यान्वयनको लागि ऐतिहाँसिक खुड्किलो भएको र जनताको अधिकार प्रत्यक्ष रुपमाआफ्नो मतहाल्ने अधिकारको प्रयोग भएकोले निर्वाचनमाउत्साहजनकजनताको सहभागिता रहेको स्पष्ट पारे ।

उनले राजपासँगको सहमतिमा नै प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणमा तोकिएको बताउँदै भने,‘हाम्रो सम्मानीयप्रधानमन्त्री र राजपावीचको सहमतिमा नै प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणमा राखिएको हो, अहिलेको दोस्रो चरणको निर्वाचनमाउहाँहरुले स्वतन्त्र रुपमाउम्मेद्धवारी दिनुभएको छ, विप्लवमाओवादीका साथीहरुपनि सहभागीहुनुभएको छ, म उहाँहरुलाई चुनावमाभागलिएकोमायही मञ्चबाट धन्यवाददिन चाहन्छु।’

उनले दोस्रो चरणको निर्वाचन सफलहुनेमाआफू पूर्ण विश्वस्त रहेको उल्लेख गर्दै भने,‘पहिलो कारण भनेको निर्वाचनमा सबै पार्टीहरु सहभागीभएका छन्, दोस्रो कारण निर्वाचनमार्फत विकासको लागि सकारात्मकप्रतिष्पर्धा सुरु भएको छ, यो ऐतिहाँसिक परिघटना हो।’

मन्त्रीशर्माले सुरक्षाको पहिलो आधार नै जनताको उत्साहजनक सहभागिता रहेको बताए । उनले भने,‘पहिलो सुरक्षाआधार भनेको नै जनताको सहभागिताहो, दोस्रो आधार भनेको हाम्रो सुरक्षानिकायहो, समस्याआएतत्कालनिराकरण गर्न सुरक्षानिकायतयार भएर बसेको छ।’

निर्वाचनविथोल्नको लागि राजपा र विप्लवमाओवादी नै सक्रियभएर लागेको छ नियसले के असर गर्छ भनेर एक पत्रकारले सोधेको प्रश्नमामन्त्रीशर्माले भने,‘विप्लवजीको पार्टीपनिनिर्वाचनमा सहभागीभएको छ, उहाँहरु भेष्ट लगाएर चुनावीप्रचारप्रसारमा हुनुहुन्छ, यो त खुशीको कुरा हो नि।’त्यस्तै उनले राजपाका नेतातथाकार्यकर्ताहरुपनि स्वतन्त्र रुपमानिर्वाचनमा सहभागिभएको जनाए । उनले थपे,‘राजपापनिचुनावमा सहभागी भैसकेको छ, त्यसैले अबचुनाव कसैले विथोल्न सक्दैन्।’

उनले यदिकहीँकतैबाट र कसैबाट निर्वाचनविथोल्ने प्रयत्नभएत्यसको लागिआवश्यक र सुदृढ सुरक्षाव्यवस्था सरकारले मिलाईसकेको समेत जनाए । उनले भने,‘अबकुनै समस्या छैन ।’

दोस्रो चरणको निर्वाचनमा सबै पार्टीहरुको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै मन्त्रीशर्माले आममतदाताहरुलाई मतदान केन्द्रदेखि मत गणनासम्म सरकारले सुरक्षाको प्रबन्धगरिसकेको र यहीअनुसार आवश्यकमात्रामा सुरक्षाकर्मी खटाईएको बताए ।

उनले निर्वाचन सुरक्षाको लागिपहिलो चरणकोजस्तै पहिलो घेरामा नेपालप्रहरी, दोस्रो घेरामा सशस्त्रप्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई प्रयोग गरिने पनिजानकारी दिए ।

क्लबका सभापतिधमलाले चुनावमाजनताको उत्साहजनक सहभागिता रहेकोले तीन वटै निर्वाचन सम्पन्न गराउनको लागिमन्त्रीशर्मालाई शुभकामना समेत दिए । उनले भने,‘मुलुकको महत्वपूर्ण जिम्मेवारी यहाँले सम्हाल्नुभएको छ, दोस्रो चरणको निर्वाचनसँगै अन्यबाँकी सबै निर्वाचनपनि समयमै सम्पन्नगर्नको लागि म शुभकामना दिन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *