दोस्रो चरणको स्थानिय माओवादी र समाजवादीको चुनावी तालमेल

विराटनगर ४ असार -नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरम नेपालले मोरङको विराटनगर महानगरपालिकासहित चारवटा स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेको छ । विराटनगर महानगरको प्रमुख पदमा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार उमेश यादवलाई र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार नमिता न्यौपानेलाई सघाउने सहमति भएको छ ।

सोहीअनुरुप, रतुवामाई नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका प्रकाश पौडेल र उपप्रमुखमा नारायण ताजपुरियालाई सघाउने पनि सहमति भएको छ ।

त्यस्तै, धनपाल गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका विक्रम पासवान र उपप्रमुखमा सङ्घीय समाजवादी फोरमका इन्द्रमणिदेवी मण्डललाई र कटहरि गाउँपालिकाको प्रमुखमा सङ्घीय समाजवादी फोरमका श्याम मण्डल र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *