दोस्रो चरणको स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौ १७ जेठ-निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका पदाधिकारिहरुको आज बसेको बैठकले १४ असारमा हुने स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिकाअनुसार २ असारमा उम्मेदवार मनोनयन, सोही दिन मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन, ३ असारमा उम्मेदवारको विरोधमा उजुरी दिने र ५ असारमा अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । ५ असारमा नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।

त्यस्तै १४ असारमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको कार्यक्रम तय भएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *