धनकुटाको फाक्सिवमा दुर्घटना,तिन जनाको मृत्यु चार घाइते

माघ ३ धनकुटा, मोरङको केराबारी ७ बाट फाक्सिव बिबाहको लागि गएको को १ च ८१८ नम्बरको गाडी सिजिबुङ खयरवनी पाखोमा दुर्घटना हुदा, केराबारीका २३ वर्षीय मिलन मगर, ३० वर्षीय विक्रम मगर र २५ वर्षीया अइता राईको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका चार जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने बाँकी सामान्य उपचार गरेर फर्किएका छन् । दुलाह दुलहीको अवस्था भने सामान्य छ ।

दुर्घटनापछि फरार भएका चालक विक्रम सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *