धनकुटाबाट नेकपा माओवादी (विप्लव) समुहका दुई जना गिरफ्तार

धनकुटा, ३० कात्तिक- नेकपा माओवादी (विप्लव) समुहका दुई जनालाई आज प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतम र रणकुमार राईलाई निर्वाचन बिरोधी गतिविधि गर्दै आएको आरोपमा प्रहरीले गिरफ्तार हो । उनीहरुलाई खाल्सा छिन्ताङ्ग सहिदभूमि गाउँपालिकाको साप्तिनटारबाट गिरफ्तार गरिएको हो ।

जिल्ला सदस्य राईले प्रयोग गर्दै आएको मे.३ प ११८० नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । निर्वाचन बिरोधी गतिविधि गरेको आरोपमा कात्तिक २९ गते पनि उक्त पार्टीका तीन जना कार्यकर्तालाई जिल्ला सदस्य मोहनप्रसाद ओझा (विज्ञान), प्रेम कटेल र नरजित राईलाई गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएका पाँच जनालाई आजै जिल्ला प्रशासन कार्यालय धनकुटामा सार्वजनिक मुद्दा दायर गरिने प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *