धरहरा पूनर्निर्माणका लागि नेपाली सेनाद्वारा छ करोड सत्र लाख सहयोग

कार्तिक २२ काठमाडौं, नेपाली सेनाले धरहरा पूनर्निर्माणका लागि छ करोड सत्र लाख तेह्र हजार सात सय त्रियासी रुपैयाँ पचपन्न पैसा रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ ।
सोमबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले उक्त रकम बराबरको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो ।
चेक बुझ्दै प्रधानमन्त्रीले नेपाली सेनाले गरेको प्रयासको प्रशंसा गर्दै धरहरा निर्माणका लागि सरकारले पनि गृहकार्य गरिरहेको जानकारी दिनुभयो । हामी पूनर्निर्माणको चरणमा छौं ।
राज्यका सबै अंग मिलेर पूनर्निर्माण र नवनिर्माणको कामलाई तिब्रता दिनुपर्छ । त्यसका लागि तपाईहरुले गरेको प्रयास प्रशंसनीय छ । सरकार पनि धरहरा निर्माणको बिकल्पबारे गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *