धरानका अकिन गुरुङ र ललितपुरकी मुना रानाले पर्बतमा गरे आत्महत्या

पर्वत १५ साउन-पर्वतमा एक जोडीले झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गरेका छन् । पर्वतको सदरमुकाम कुश्मानजिकै रहेको कुश्मा–ज्ञाँदी झोलुङ्गे पुलबाट फामहाफेर एक जोडीले आत्महत्या गरेको हो ।

आत्महत्या गर्नेमा धरान उपहानगरपालिकाका १४ का २६ वर्षे अकिन गुरुङ र ललितपुरको ढोलाहिटीकी २५ वर्षे मुना राना रहेको बताईएको छ । उनीहरुले शनिबार आत्महत्या गरेको र शब आइतबार बिहान फेला परेको थियो ।

कुश्मा बजार नजिक रहेको झोलुङ्गे पुल तरेर उनीहरु शनिबार दिउँसो ४ बजे पारी गएका थिए । पुल पारीको पसलमा कोकाकोला खाएको र पुनः फर्किएर झोलुङ्गे पुलबाट आत्महत्या गरेको प्रहरी जनाएको छ ।

‘कति राम्रा जोडी रहेछन् । कति मिठो बोलेका । आए चिसो खाए । बास पाइन्छ आमा भन्दै सोधे । मैले बास त पारी बजारतिरै पाइन्छ भनेपछि फर्किएका थिए, अहिले यस्तो देख्नु पर्‍यो’ पसलकी साहुनीलाई उद्धृत गर्दै प्रहरी निरीक्षक विष्टले उज्यालोलाई भन्नुभयो ‘त्यसपछि झोला पुलको बिचमा छाडेर ६ सय मिटर अग्लो झोलुङ्गे पुलबाट आत्महत्या गरेछन् ।’

झोलुङ्गे पुलको बिचमा एक वटा जेन्स र एकवटा लेडिज ब्याग देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ प्रहरी परिचालन गरिएको र बम हुनसक्ने आशंका गरिएको थियो । पछि सावधानीपूर्वक झोला खोतल्दा कपडा, टेन्टका सामानहरु भेटिएको थियो ।

शनिबार रात परिसकेको र पानी परेकाले खोजी हुन सकेन । आइतबार बिहानै खोजी कार्य सुरु गर्दा झोलुङ्गे पुलभन्दा झण्डै डेढसय मिटर तल मोदीखोला किनारम दुबैजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रारिम्भिक अनुसन्धान अनुसार आत्महत्या नै गरेको हुनसक्ने प्रहरीले जनाएको छ । उनीहरु केही दिनदेखि मुस्ताङतिर ट्रेकिङका लागि आएको हुनसक्न अनुमान छ । झोलका साथै प्रहरीले उनीहरुको मोबाइल पनि फेला पारेको छ । परिवारलाई घटनाका बारेमा जानकारी गराइसकेको प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो । दुबैजनाको शव जिल्ला अस्पताल पर्वतमा राखिएको समाचार उज्यालोले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *