धरान द वेस्ट ग्रुपले स्तन क्यान्सर ठकुरीलाई गर्यो आर्थिक सहयोग

काठमाडौ १३ साउन-लामो समयबाट सामाजिक संजाल फेसबुकमा क्रियाशील रहेको धरान द वेस्ट ग्रुपले दुई वर्ष देखि स्तन क्यान्सरबाट पीडित मोरङ जिल्ला केराबारी-३,निवासि दुर्गा माया शाही ठकुरीलाई उपचार खर्चको लागि आर्थिक सहयोग गरेको छ।एक लाख भन्दा बढी सदस्य संख्या रहेकोे यस ग्रुपले देश बिदेशमा रहेकोे आफ्ना सम्पुर्ण सदस्यहरुलाई सहयोगको लागि आव्हान गरेको थियो।तत्पश्चात देश बिदेशमा रकम संकलनको लागि बृहत कार्यक्रमहरु गर्दै सदस्यहरुले रकम संकलन गरेका थिए।एडमीन लगायत सदस्यहरुबाट संकलित रकम रु.१,२८,७३७/- एक लाख अठाइ हजार सात सय सठ्तिस रुपैयाँ बिरामीको हातमा ग्रुपका आधिकारिक व्यक्ति उज्वल तामाङ “इजि”,नुनुमा राई सदस्य संगिता गुरुङ बाट हस्तान्तरण गरिएको छ।

ग्रुपको पृष्ठभूमिलाई हेर्दा आजभन्दा सात वर्ष अगाडि धरान-७,का कबिर श्रेष्ठ द्वारा मनोरञ्जनका लागि स्थापना भएको यस ग्रुपमा नेपाल भित्र र बाहिर गरि उन्नाइस सदस्यीय एडमिन टोलि रहेका छन्।मनोरञ्जनका लागि स्थापना भए पनि हाल आएर यस ग्रुपले विभिन्न सामाजिक सहयोगहरु गर्दै आइरहेको छ।सक्रियरुपमा अघि बढी रहेकोे यस ग्रुपले विभिन्न दैवीप्रकोप,दुर्घटना र भइपरि आउने घटनाहरूमा सहयोग गर्दै आएको छ।यसभन्दा अगाडि सुनसरी धरान-३,कि एप्लाष्टिक एनिमिया पीडित नाइसा शाक्य र ललितपुर जिल्ला निवासी ब्रेन ट्युमरबाट ग्रसित शर्मिला दुदराज,इटहरी-५,निवासी ब्रेन ट्युमरबाट पीडित एलिना तामाङलाई उपचारको लागि आर्थिक सहयोग गरेको थियो।यस बाहेक ग्रुपले विभिन्न,ज्ञानबर्ध्दक,जनचेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ।ग्रुपलाई संस्थागत रुपमा दर्ता गराई सामाजिक कार्यमा निरन्तरता दिने भावी योजना रहेकोे छ।

सहयोगीहरुको नाम यसप्रकार रहेको छ
१,अपरचित(अज्ञात) रु.१२,९४६/- हङकङ
२,राम लिम्बू रु.१०,२८७/- मोरङ
३,लिमदेवि मल्ल रु.९,३००/- बुटवल
४,कुमार याख्खा रु.६,०००/- साउदी
५,दिवस लिम्बू रु.५,९३९/- तेह्रथुम
६,तारा कुमार लिम्बू रु.५,०००/- तेह्रथुम
७,सीता राई रु.४,०००/- धरान
८,मनि थलङ लिम्बू रु.३,५७६/- ताप्लेजुङ
९,हरि गुरुङ रु.३,०००/- मोरङ
१०,सिपि कोयु राई रु.३,०००/- युके
११,सोझो मगर रु.३,०१०/- गुल्मी
१२,अनु लिम्बू रु.३,०००/- तेह्रथुम
१३,JS Ammu रु.३,०००/- हेटौंडा
१४,मै घले रु.३,०००/- चितवन
१५,रमेश राई रु.२,६५०/-उदयपुर
१६,सीता ठकुरी रु.२,६४५/-रुपन्देही
१७,अभागी मन मगर रु.२,५००/- प्युठान
१८,विशाल लिम्बू रु.२,५००/- धरान
१९,समिर गुरुङ रु.२,४००/- संखुवासभा
२०,जीवन थेगिम लिम्बु रु.२,३१४/- धरान
२१,सन्तोष पुमा राई रु.२,३१०/- उदयपुर
२२,देवेन्द्र लिम्बू रु.२,०५५/- धरान
२३,आकाश गुरुङ रु२,०००/- चितवन
२४,अनिल बुढा मगर रु.२,०००/- रुपन्देही
२५,अस्मिता सुहाङ रु.२,०००/- धरान
२६,समीर लिम्बू रु.२,०००/- धरान
२७,मेरि राई रु.२,०००/- तरहरा
२८,खुश्बु राई रु.१,०५५/- धरान
२९,ललिता वास्तोला रु.१,०००/- धरान
३०,डिल्लिराज शाही रु.५००/- भोजपुर
३१,रोमल मगर रु.५००/- धरान
३२,अमृत तामाङ रु.५,१००/- मोरङ
३३,हाम्रो हङकङ समाज रु.१८,६१२/-हङकङ
(युवराज रिजाल र अर्जुन लिम्बुको सक्रियतामा)

जम्मा सहयोग रकम रु.१,२८,७३७/- रुपैयाँ मात्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *